दिल्लीका स्वास्थ्य मन्त्रीले स्वच्छता अभियानमा श्रमदान गरे
दिल्लीका स्वास्थ्य मन्त्रीले स्वच्छता अभियानमा श्रमदान गरे


नयाँ दिल्ली, 17 जून (हि.स.)। दिल्लीका स्वास्थ्य मन्त्री डा. पङ्कज कुमार सिंहले बुधवार दिल्लीको नजफगढ़स्थित साईं बाबा मन्दिर परिसरमा आयोजित स्वच्छता अभियानमा भाग लिए। यो कार्यक्रम प्रधानमन्त्री नरेन्द्र मोदीको कुशल नेतृत्वमा देशमा सुशासन, विकास, जनसेवा औ परिवर्तनकारी नेतृत्वले 12 वर्ष पूरा गरेको उत्सवको रूपमा आयोजित देशव्यापी अभियानको एक भाग थियो। यस अवधि मन्त्रीसित भारतीय जनता पार्टी (भाजपा)-का सांसद कमलजीत सहरावतले पनि स्वच्छता अभियानमा भाग लिएर श्रमदान गरे।

यस अवसरमा मन्त्री डा. पङ्कज कुमार सिंहले भने, स्वच्छ, सुन्दर र स्वस्थ भारतको भिजन प्रधानमन्त्री मोदीको कुशल नेतृत्वको सबैभन्दा ठूलो पहिचान रहिआएको छ। आफ्नो घर, टोल तथा सार्वजनिक स्थलहरूलाई स्वच्छ राख्ने प्रत्येक नागरिकको दायित्व हो। स्वस्थ दिल्ली, सशक्त दिल्लीको भिजनको लागि राजधानी दिल्लीलाई स्वच्छ राख्न आवश्यक छ। यसको साथै रोगहरूको रोकथाम अनि जीवनको गुणस्तरमा सुधार ल्याउनको लागि सामूहिक सहभागिता महत्वपूर्ण छ। उनले दिल्लीवासीहरूसित आ-आफ्नो क्षेत्रमा स्वच्छता अभियानहरूलाई सक्रिय समर्थन दिने अनि विकसित भारतको सङ्कल्प अनरूप एक स्वच्छ, स्वस्थ एवं विकसित राजधानी निर्माण गर्नमा योगदान दिने अपील समेत गरे। उनले भने, दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले लगातार स्वच्छता, नागरिक सहभागिता औ श्रेष्ठ शहरी सुविधाहरूमाथि बल दिँदै आइरहेकी छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande