स्वच्छ भारत अभियानले सफाईलाई जनआन्दोलन बनायो : सिरसा
स्वच्छ भारत अभियानले सफाईलाई जनआन्दोलन बनायो : सिरसा


नयाँ दिल्ली, 17 जून (हि.स.)। दिल्लीका पर्यावरण मन्त्री मनजिन्दर सिंह सिरसा आज प्रधानमन्त्री नरेन्द्र मोदीको सेवा, सुशासन औ विकासको ऐतिहासिक 12 वर्ष पूर्ण भएको उपलक्ष्यमा मोडल टाउन विधानसभाको नाङ्गिया पार्क चौकमा आयोजित 'सफाई अभियानमा सामेल भए।' यस अवसरमा स्थानीय विधायक अशोक गोयल पनि उपस्थित थिए।

सिरसाले भने, सोशल मीडिया अकाउन्ट एक्समा पोस्ट गर्दै स्वच्छ भारत अभियानले सफाईलाई सरकारी कार्यक्रमदेखि बाहिर निकालेर जन आन्दोलन बनाउने काम गरेको छ। यस अभियानले देशभरि नै यस सोचलाई मजबुत बनाएको छ कि स्वच्छ वातावरण हरेक नागरिकको अधिकार तथा कर्तव्य हो। उनले भने, मुख्यमन्त्री रेखा गुप्ताको नेतृत्वमा दिल्ली सरकारले पनि राजधानीलाई स्वच्छ र सुन्दर बनाउनको लागि दिन-रात काम गरिरहेको छ। मैला-कुचैलाको पर्वतलाई तह लगाउन, सफाई व्यवस्थालाई सशक्त बनाउन तथा सार्वजनिक स्थानहरूलाई सफा बनाउने दिशामा 24X7 काम भइरहेको छ।

सिरसाले दिल्लीवासीहरूसित आफ्नो वरिपरीको सफाईप्रति जागरूक हुने अपील गरेका छन्। उनले भने, यस कदमले दिल्लीलाई स्वच्छ र सुन्दर बनाउने लक्ष्यलाई अझ द्रूत गतिमा हासिल गर्न सकिन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande