
किशनगञ्ज, 17 जून (हि.स.)। राष्ट्रिय जनता दल (राजद)-को पक्षबाट बुधवार शहरको टाउन हल अगाड़ि विभिन्न जनसमस्याहरूलाई लिएर एक दिवसीय धरना प्रदर्शन आयोजना गरियो।
कार्यक्रमको नेतृत्व पूर्व विधायक अञ्जार नइमी, पूर्व विधायक सऊद आलम, पूर्व विधायक मास्टर मुजाहिद आलम तथा राजद अल्पसङ्ख्यक प्रकोष्ठका राष्ट्रिय सचिव दानिश इकबालले गरेका थिए।
धरनामा ठूलो सङ्ख्यामा पार्टीका नेता एवं कार्यकर्ताहरूले भाग लिएका थिए। यस अवधि वक्ताहरूले बढ़्दो महँगी, बेरोजगारी, शिक्षा व्यवस्थाको सोचनीय अवस्था, कानून व्यवस्थाको स्थिति,भ्रष्टाचार एवं किसानहरूको समस्यालाई लिएर राज्य एवं केन्द्र सरकारका नीतिहरूको आलोचना गरे।
नेताहरूले भने, लगातार बढ़िरहेको महँगीले गरीब, मजदुर, किसान एवं मध्यम वर्गका मानिसहरूको कम्मर भाँचिदिएको छ। भान्सा ग्यास, पेट्रोल-डिजल, खाद्यान्न एवं अन्य आवश्यक वस्तुहरूको मूल्य लगातार बढ़िरहेकोले आम मानिसहरूको जीवन प्रभावित भइरहेको छ।
धरनाको समाप्ति पश्चात राजदका प्रतिनिधिमण्डलले महामहिम राज्यपालको नाममा एउटा ज्ञापन प्रशासनलाई सुम्पियो।
पूर्व विधायक मास्टर मुजाहिद आलमले भने, युवाहरूको निम्ति रोजगारको गम्भीर सङ्कट उत्पन्न भएको छ। प्रतियोगी परीक्षाहरूमा पेपर लीक हुने गरेकोले विद्यार्थीहरूको भविष्य प्रभावित भइरहेको छ। बेरोजगारको कारणले युवाहरू निराश र हताश भएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा