
कामरूप (असम), 16 जून (हि.स.)। कामरूप (ग्रामीण) जिल्लान्तर्गत शुवालकुचीमा बितेको राति अवैध मदिराको भट्टीमा आबकारी टीम र पुलिसले संयुक्त रूपमा छापा माऱ्यो।
छापेमारीमा शुवालकुची नगरको प्रवेश द्वार छेउमा भारी मात्रामा विदेशी मदिरा अनि देशी मदिरा जफत गरियो। कारबाहीमा लगभग तीन लाख रुपियाँको विदेशी मदिरा तथा देशी मदिरा जफत गरियो भने यस मामिलामा मदिरा व्यापारी मिथुन मरललाई पक्राउ गरियो।
उल्लेखनीय छ, शुवालकुचीको मुख्य प्रवेश द्वार छेउमा पछिल्लो लामो समयदेखिकै धेरै वटा अवैध मदिराका पसलहरू रहेका छन्। यी पसलहरूा बिहानदेखि रातिसम्म देशी-विदेशी मदिरा व्यापक रूपमा बिक्री हुन्छ जसले गर्दा क्षेत्रमा प्रायःजसो नै असामाजिक घटनाहरू भइरहन्छन्।
पुख्ता सूचनाको आधारमा कामरूप पुलिसका उपाधीक्षक दीपक शर्मा र कामरूप आबकारी निरीक्षक तपन कलिताको नेतृत्वमा शुवालकुची पुलिसको मद्दतले शुवालकुचीको प्रवेश द्वार छेउमा रहेका मदिरा पसलहरूमा छापामारी गरियो। आबकारी विभागले देशी-विदेशी मदिरा जफत गरी अग्रिम कानूनी कारबाही शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा