
पश्चिम मेदिनीपुर, 16 जून (हि. स.)। जिल्लाको दाँतन क्षेत्रमा मङ्गलवार बिहान भएको सड़क दुर्घटनामा बेलदाका एकजना युवकको मृत्यु भयो भने अन्य दुई जना युवकहरू गम्भीर रूपमा घाइते भए। मृतकको नाम तन्मय दास (18) हो जो बेलदा थाना अन्तर्गत चाटला गाउँ निवासी रहेको बताइएको छ।
पुलिस अनुसार तीन जना साथीहरू मङ्गलवार बिहान मोटरसाइकलमा सवार भएर दाँतन गएका थिए। त्यहाँबाट एकजना साथीलाई लिएर फर्किने समयमा घोलाई क्षेत्रमा खड़गपुर-बालेश्वर राष्ट्रिय राजमार्ग-16 मा उनीहरूको बाइक अगाड़िबाट आइरहेको बालुवा लादिएको ट्र्याक्टरसित ठोक्कियो।
यस भयानक दुर्घटनामा बाइक सवार तन्मयको घटनास्थलमै मृत्यु भयो। दुर्घटनामा बाइक सवार दुई जना युवकहरू गम्भीर रूपमा घाइते भए। सूचना पाएर दाँतन थानाको पुलिस घटनास्थलमा पुग्यो अनि घाइतेहरूलाई दाँतन ग्रामीण अस्पतालमा भर्ती गरायो। घाइतेहरूमा एकजनाको अवस्था गम्भर रहेकोले उसलाई उन्नत उपचारको निम्ति अर्को अस्पतालमा रेफर गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा