पश्चिम बङ्गालमा मनसुन सक्रिय, कोलकाता अहिले पनि तीव्र वर्षाको निम्ति प्रतिक्षारत्
पश्चिम बङ्गालमा मनसुन सक्रिय, कोलकाता अहिले पनि तीव्र वर्षाको निम्ति प्रतिक्षारत्


कोलकाता, 16 जून (हि.स.)। पश्चिम बङ्गालका सबै भागहरूमा मनसुन आइसकेको भएपनि राजधानी कोलकातामा अहिले पनि वर्षाको प्रतिक्षा यथावत छ। गए सोमवार साँझ बादल लागे पनि पानी परेन जसले गर्दा आद्रतापूर्ण गर्मीले मानिसहरूको बेहाल भयो।

मौसम विभाग अनुसार आगामी 24 घण्टासम्म कोलकाता र वरपरका क्षेत्रहरूमा आकाशलाईआंशिक रूपमा बादलले ढाकिरहनेछ। अपरान्हपछि कतिपय स्थानहरूमा मेघ गर्जनसितै हल्का वर्षा हुनसक्छ।

दक्षिण बङ्गालका पूर्व औ पश्चिम बर्धमान, नदिया, मुर्शिदाबाद र बीरभूम जिल्लामा हल्कादेखि मध्य वर्षा हुने सम्भावना छ भने अन्य जिल्लाहरूमा पनि एक-दुई ठाउँमा पानी पर्नसक्छ।

यता उत्तर बङ्गालमा वर्षाको गतिविधि बढ़ी रहने अनुमान छ। दार्जीलिङ, कालेबुङ, ज लपाईगुड़ी, कुचबिहार तथा अलिपुरद्वार जिल्लाका केही भागहरूमा मेघ गर्जनसितै पानी पर्ने सम्भावना व्यक्त गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande