
कोलकाता, 16 जून (हि.स.)। पश्चिम बङ्गालकी पूर्व मुख्यमन्त्री तथा तृणमूल कङ्ग्रेस प्रमुख ममता ब्यानर्जीले भवानीपुर विधानसभा चुनाउको परिणामलाई चुनौती दिँदै मङ्गलवार कलकत्ता उच्च अदालतमा याचिका दर्ता गराइन्। याचिका दर्ता गराउन उनी स्वयं अदालतमा पुगिन् अनि शपथ आयुक्त समक्ष हस्ताक्षर गरी औपचारिक रूपमा मामिला दर्ता गराइन्।
ममता ब्यानर्जीको साथमा तृणमूल कङ्ग्रेसका वरिष्ठ नेता डेरेक ओ'ब्रायन, डोला सेन, कुणाल घोष र कल्याण ब्यानर्जी पनि उपस्थित थिए। अदालत परिसरमा उनको उपस्थितिलाई लिएर राजनीतिक जगतमा चर्चा चुलिएको छ।
उल्लेखनीय छ, यसअघि गत 13 मईको दिन पनि ममता ब्यानर्जी उच्च अदालतमा पुगेकी थिइन्। त्यस दिन त्यहाँ उनी अधिवक्ताको रूपमा अदालतमा पेश हुनेवाला थिइन् जसले गर्दा उनलाई वकिलहरूको पारम्परिक पोशाकमा देखिएको थियो। तथापि मङ्गलवार उनी सामान्य रूपमा साड़ी लगाएर अदालतमा पुगिन्।
हालैको विधानसभा चुनाउमा भवानीपुर सीटमा ममता ब्यानर्जीलाई भाजपा नेता औ वर्तमान मुख्यमन्त्री शुभेन्दु अधिकाबाट 15 हजार 105 मतले परास्त हुनु परेको थियो। चुनाउ परिणाम घोषणा भएदेखि नै ममताले यस हारलाई स्वीकार गर्नको सट्टा मतदान प्रक्रियामाथि प्रश्न उठाउँदै आइरहेकी छन्।
गत चार मईमा चुनाउ परिणाम घोषणा भएको दोस्रो दिन 5 मईमा कालीघाटस्थित आफ्नो आवासमा आयोजित सम्वाददाता सम्मेलनमा ममता ब्यानर्जीले दाबी गरेकी थिइन्, उनको पार्टी वास्तवमा हारेको होइन, चुनाउमा धाँधली र भोटको लुट भयो। अब त्यै आधारमा उनले अदालतको ढोका ढक्ढकाउँदै चुनाउ परिणामलाई चुनौती दिएका छन्।
स्मरण गराइन्छ, वर्ष 2021- मा नन्दीग्राम विधानसभा सीटमा शुभेन्दु अधिकारीबाट परास्त भएपछि पनि ममता ब्यानर्जीले चुनाउ याचिका दर्ता गरेकी थिइन्। भवानीपुर चुनाउलाई लिएर दर्ता नयाँ याचिकामा राजनीतिक तथा कानूनी जगतको ध्यानकेन्द्रित भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा