मालदामा बम विस्फोट, तीन जना किशोर घाइते, आँपको बगैचामा लुकाएर राखिएको थियो बम
मालदामा बम विस्फोट, तीन जना किशोर घाइते, आँपको बगैचामा लुकाएर राखिएको थियो बम


मालदा, 16 जून (हि.स.)। पश्चिम बङ्गालको मालदा जिल्ला अन्तर्गत इङ्गलिश बजार क्षेत्रमा मङ्गलवार बिहान भएको बम विस्फोटको घटनामा तीन जना किशोरहरू घाइते भए। यो घटना बाहान्न बिघा गाउँको एउटा आँपको बगैचामा भएको हो जहाँ किशोरहरू आँप टिप्न गएका थिए। घटनापछि क्षेत्रा कोकोहोलो मचियो।

स्थानीय सूत्र अनुसार तीनजना किशोरहरूले मङ्गलवार बिहान आँप चुनिरहेका थिए। यसै अवधि त्यहाँ राखिएको एउटा बम अचानक विस्फोट भयो जसमा किशोरहरू घाइते भए। घाइतेहरूमा सातौं कक्षाको छात्र दीप राय गम्भीर रूपमा घाइते भएको छ जसलाई उपचारको निम्ति मालदा मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरिएको छ। अन्य दुई जना किशोरहरूलाई सामान्य चोट लागेको छ।

पुलिसको प्राथमिक अनुमानमा आँप बगानमा कसैले पहिलाबाटै बम लुकाएर राखेको थियो। विस्फोट त्यसबेला भयो जतिबेला किशोरहरू त्यहाँ पुगे। घटनाको सूचना पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर जाँच गऱ्यो।

स्थानीय मानिसहरूको आरोप छ, आँप बगैचाको नजिकै तृणमूल कङ्ग्रेसको पार्टी कार्यालय छ जहां कथित रूपमा जुवा खेलिन्छ। ग्रामीणहरूले आशङ्का व्यक्त गरेका छन्, असामाजिक तत्वहरूले त्यहाँ बम जमा गरेर राखेको हुनसक्छ। पुलिसले यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक टिप्पणी गरेको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande