खरसाङ दौड़ाहमा आइपुगे मुख्यमन्त्री शुभेन्दु अधिकरी
खरसाङ दौड़ाहमा आइपुगे मुख्यमन्त्री शुभेन्दु अधिकरी


सिलगढ़ी, 16 जून (हि. स.)। मुख्यमन्त्री शुभेन्दु अधिकारी पिहलो पटक मङ्गलवार खरसाङको भ्रमणमा आएका छन्। यहाँ आइपुगेपछि मुख्यमन्त्रीले मङ्गलवार खरसाङमा दुई महत्वपूर्ण कार्यक्रमहरूमा भाग लिनेछन्।

सूत्र अनुसार बागडोगरा हवाईअड्डामा उत्रिएपछि उनको हेलिकप्टर मार्फत खरसाङ जाने कार्यक्रम थियो। तर प्रतिकूल मौसमको कारणले उनलाई सड़क मार्ग भएर नै खरसाङ तर्फ प्रस्थान हुन पऱ्यो।

मुख्यमन्त्री खरसाङको गोथल्स मेमोरियल स्कूल मैदानमा आयोजित जनकल्याण शिविरमा सामेल हुनेछन्। त्यसपछि मन्टिभियट मैदानमा स्थानीय मानिसहरूले उनलाई भव्य स्वागत गर्नेछन्।

यस अवसरमा मन्त्री निशीथ प्रामाणिक, राज्य मन्त्री आनन्दमय बर्मन औ दार्जीलिङका सांसद राजू बिष्ट सहित केही जनप्रतिनिधिहरू उपस्थित रहनेछन्। मुख्यमन्त्रीको भ्रमणलाई उत्तर बङ्गाल तथा पहाड़ी क्षेत्रको विकास तथा जनसम्पर्कको लागि महत्वपूर्ण मानिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande