
नयाँ दिल्ली, 16 जून (हि.स.)। केन्द्र सरकारको 'नेशनल क्वान्टम मिशन' अन्तर्गत दिल्ली विश्वविद्यालयको श्याम लाल कलेजले 16 जूनदेखि 27 जूनसम्म क्वान्टम साइन्स एण्ड टेक्नोलोजी: ह्याण्ड्स-अन एक्सप्लोरेशन एण्ड इमर्जिंग फ्रण्टियर्स (क्वान्टम विज्ञान तथा तकनिक: व्यावहारिक खोज तथा उदियमान नयाँ क्षेत्र) विषयमा दुई हप्ताको एक नेशनल समर स्कूल आयोजना गरिँदैछ।
कलेजको रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर तथा आईक्यूएसीद्वारा आयोजित यो पहिलो क्यूएमडी फाउण्डेशन-आईआईटी दिल्ली तथा इन्टर-यूनिभर्सिटी एक्सेलेरेटर सेन्टर (आईयूएसी), दिल्लीको सहयोगमा शुरू गरिँदैछ।
विशेष रूपमा स्नातक विज्ञान र इञ्जीनियरिङ्गका विद्यार्थीहरूको लागि डिजाइन गरिएको यस पहिलो समर स्कूलमा देशभरिका विद्यार्थीहरू सामेल भइरहेका छन्। दुई हप्ताको यस गहन प्रोग्रामको उद्देश्य पारम्परिक क्लासरूपको सीमादेखि अगाड़ि बढ़्दै 21औं शताब्दिको सबैभन्दा क्रान्तिकारी तकनिकी क्षेत्रबाट विद्यार्थीहरूलाई शुरूआती अनुभव दिनु हो।
प्रोग्राममा स्नातक प्रतिभागीहरूले क्वान्टम डिभाइस बनाउने (फ्याब्रिकेशन), त्यसको विशेषताहरूलाई बुझ्ने अनि कम्प्यूटिङ्गसित सम्बन्धित एडभान्स्ड र व्यवहारिक सेशनमा भाग लिनेछन्। एक्सपर्ट लेक्चर र इन्टऱ्याक्टिभ डेमो बाहेक यसको करिकुलममा देशको उत्कृष्ट सुविधाहरू जस्तै सीएसआईआर-नेशनल फिजिकल लेबोरेटरी (एनपीएल) र डीआरडीओको क्वान्टम टेक्नोलजी रिसर्च सेन्टर (क्यूटीआरसी) -को विशेष अनुभव आगारित लर्निङ्ग टूर पनि सामेल छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा