रेड रोडको योग दिवस कार्यक्रमलाई लिएर मन्त्री दिलीप घोषले भने- सबै जनहितमा गरिँदैछ
रेड रोडको योग दिवस कार्यक्रमलाई लिएर मन्त्री दिलीप घोषले भने- सबै जनहितमा गरिँदैछ


कोलकाता, 16 जून (हि. स.)। रेड रोडमा आयोजना भइरहेको अन्तर्राष्ट्रिय योग दिवस कार्यक्रमलाई लिएर उठिरहेका प्रश्नहरूमा मन्त्र दिलीप घोषले भनेका छन्, जे-जति गरिँदैछ, ती सबै जनहितमा गरिँदैछ।

मङ्गलवार बिहान पत्रकारहरूसित बातचित गर्दै दिलीप घोषले विभिन्न मुद्दादहरूमा आफ्नो प्रतिक्रिया दिए। आगामी 21 जूनमा प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावित योग दिवस कार्यक्रमको सम्बन्धमा सोधिएको प्रश्नमा उनले भने, यसअघि कैयौं वर्षसम्म रेड रोडमा 'नमाज अदा' गरिँदै आएको थियो। अब प्रधानमन्त्री आइरहेको बेला यस कार्यक्रमलाई लिएर प्रश्न उठाइरहेको छ।

उनले भने, प्रधानमन्त्रीको कार्यक्रम यस्तो स्थानमा हुनुपर्छ जहाँ मानिसहरूको आवागमन अपेक्षाकृत कम होस्। यदि यो कार्यक्रम अन्य कुनै मादानमा आयोजना गरिएको भए सुरक्षा कारणले वरपरका क्षेत्रहरूलाई सर्वसाधारण मानिसहरूको लागि बन्द गर्नुपर्थ्यो। जे पनि भइरहेको छ, त्यो जनहितमा भइरहेको छ। मानिसहरू कानूनको सीमामा बस्नुपर्छ।

तृणमूल कङ्ग्रेसका नेता अभिषेक ब्यानर्जीको सम्बन्धमा सोधिएको प्रश्नमा दिलीप घोषले भने, जाँच शुरू भइसकेको छ, अब हेर्नुछ कि उनी कति टाड़ासम्म पुग्न सक्छन्। धेरैवटा मामिलाहरूमा उनको नाम मुछिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande