फ्रिजमा भएको शर्ट सर्किटबाट आगो लाग्यो, दिल्ली पुलिसले 12 जनालाई सरक्षित निकाल्यो
फ्रिजमा भएको शर्ट सर्किटबाट आगो लाग्यो, दिल्ली पुलिसले 12 जनालाई सरक्षित निकाल्यो


नयाँ दिल्ली, 16 जून (हि.स.)। दक्षिणी दिल्लीको नेब सराय थाना क्षेत्रस्थित राजू पार्कमा गए सोमवार अबेर राती एउटा घरको फ्रिजमा शर्ट सर्किट भएको कारणले भयानक आगो लाग्यो। आगो दोस्रो तलादेखि शुरू भएर द्रूत गतिमा तेस्रो तलासम्म फैलियो। घटना हुँदा भवनको दुवै तलामा धेरै जना मानिसहरू फसेका थिए। सूचना पाउनसाथ घटनास्थलमा पुगेको दिल्ली पुलिस र दमकल कर्मीहरूले स्थानीय मानिसहरूको सहयोगमा 12 जना मानिसहरूलाई सुरक्षित बाहिर निकाले।

दिल्ली अग्निशमन सेवा अनुसार सोमवार राती 11 बजेर 5 मिनटमा राजू पार्कस्थित एउटा घरमा आगो लागेको सूचना प्राप्त भएको थियो। शुरूआती चरणमा दमकलका तीन वटा वाहनहरूलाई घटनास्थलमा पठाइयो। तर आगोको गम्भीर रूपलाई हेरेर पछि फेरि तीन वटा वाहनहरूलाई घटनास्थल तर्फ पठाइयो। लगभग 6 वटा दमकलको सहयोगले आगोलाई नियन्त्रण गरियो। प्रत्यक्षदर्शीहरू अनुसार दोस्रो तलामा राखिएको फ्रिजमा शर्ट सर्किट भयो जसपश्चात कम्प्रेशरमा विस्फोट भयो। विस्फोट हुनसाथ आगो द्रूत गतिमा सबैतिर फैलियो जसले हेर्दा-हेर्दै तेस्रो तलालाई पनि आफ्नो चपेटमा पाऱ्यो।

सूचना पाउनसाथ नेब सराय थाना पुलिसको टीम घटनास्थलमा पुग्यो। आगो लाग्दा घरको दोस्रो र तेस्रो तलामा बाल-बालिकाहरू, महिला तथा पुरूषहरू फसेका थिए। पुलिसकर्मीहरूले अलिकति पनि ढिल्याई नगरी राहत एवं बचाउ अभियान शुरू गऱ्यो। केही मानिसहरूलाई डोरीको सहाराले बालकनीदेखि बाहिर निकालियो भने केहीलाई छिमेकीको छतको माध्यमबाट सुरक्षित स्थानसम्म पुऱ्याइयो।

हिजोआज राजधानीमा प्रायजसो नै घरहरूमा आगो लागेको घटना लगातार बढ़्दै गइरहेको छ। कतिपय मामिलाहरूमा मानिसहरूको ज्यानसमेत गइसकेको छ।

प्राथमिक जाँचमा आगलागीको कारण फ्रिजमा भएको शर्ट सर्किटलाई मानिँदैछ। तथापि दमकल विभाग र पुलिसले मामिलाको विस्तृत जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande