
हुगली, 16 जून (हि.स.)। डायमण्ड हार्बरका भाजपा नेता अभिजीत विश्वास उपनाम बबीले तृणमूल कङ्ग्रेस सांसद अभिषेक ब्यानर्जी र उनका सहयोगी सुमित राय तथा विष्णुपुरका विधायक दिलीप मण्डल समेत 23 जना मानिसहरू विरूद्ध कथित रूपमा अवैध माटो कटाई एवं बिक्री गरेको मामिलामा एफआईआर दर्ता गरेका छन्।
अभिजीत विश्वासले आरोप लगाएका छन्, सम्बन्धित व्यक्तिहरूले अवैध रूपमा माटो कटेर बिक्री गऱ्यो जसबाट लगभग 3 सय करोड़ रुपियाँ आर्थिक नोक्सान भयो। यस सम्बन्धमा गए सोमवार राति कालीतला-आशुलिया थानामा सिकायत दर्ता गरियो।
भाजपा नेताले दाबी गरे, सिकायतको समर्थनमा उनले क्षेत्रका केही सेटलाइट तस्वीरहरू पनि पुलिसलाई सुम्पिएका छन्। उनी अनुसार यी तस्वीरहरूबाट कुन स्थानमा माटो काटियो र यसबाट भूमिलाई कति नोक्सान भयो भन्ने कुरा स्पष्ट हुनेछ।
अभिजीत विश्वासले यसअघि वर्ष 2020-म आएको चक्रवात अम्फान अवधि राहत सामग्रीको रूपमा ल्याइएको तिरपालहरूलाई कथित रूपमा तृणमूल कङ्ग्रेसको पार्टी कार्यालयमा अवैध रूपमा जमा गरेको आरोप पनि लगाएका थिए। त्यस मामिलामा पनि उनले पुलिसमा सिकायत दर्ता गर्दै लगभग 250 करोड़ रुपियाँको वित्तीय अनियमितता भएको आरोप लगाएका थिए।
र्तमान मामिलामा भाजपा नेताको आरोप छ, माटो कटाई तथा बिक्रीको कार्य सङ्गठित रूपमा गरियो। तथापि यो समाचार लेखुञ्जेलसम्म आरोपी पक्षद्वारा कुनै पनि प्रकारको आधिकारिक प्रतिक्रिया व्यक्त गरिएको थिएन।
पुलिसले सिकायत प्राप्त भएको पुष्टि गरेको छ। मामिलाको जाँचपछि नै आरोपहरूको सत्यता स्पष्ट हुनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा