मुख्ययमन्त्री शुभेन्दु अधिकारीले पहाड़मा जीटीए भर्ती घोटालाको जाँच गर्ने घोषणा गरे
मुख्ययमन्त्री शुभेन्दु अधिकारीले पहाड़मा जीटीए भर्ती घोटालाको जाँच गर्ने घोषणा गरे


कोलकाता, 16 जून (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आफ्नो पहिलो पहाड़ भ्रमणावधि गोर्खा टेरिटोरियल एडमिनिस्ट्रेशन (जीटीए)- मा भएको कथित भर्ती भ्रष्टाचारलाई लिएर कड़ा नीति अप्नाउँदै जाँच गर्ने आश्वासन दिए। साथै उनले घोषणा गरे, आगामी केही महिनामा पहाड़ी क्षेत्रमा शिक्षक तथा पुलिस कर्मीहरूको ठूलो सङ्ख्यामा भर्ती गरिनेछ जुन पूर्ण रूपले पारदर्शी प्रक्रिया अन्तर्गत हुनेछ।

मुख्यमन्त्रीले मङ्गलवार खरसाङमा आयोजित प्रशासनिक बैठक तथा जनसभामा भाग लिए। ‘जनकल्याण शिविर’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्ववर्ती तृणमूल कङ्ग्रेस सरकारमाथि चर्को प्रहार गर्दै भर्ती प्रक्रियामा भ्रष्टाचार गरेको आरोपलाई पुनः दोहोऱ्याए।

शुभेन्दु अधिकारीले भने, पछिल्लो सरकारको कार्यकालमा भएका नियुक्तिहरूमा व्यापक अनिमितता तथा जीटीएको माध्यमबाट शिक्षक भर्तीमा पनि व्यापक भ्रष्टाचार भएको आरोप सार्वजनिक भएको थियो। उनले स्पष्ट शब्दहरूमा भने, उनको सरकारले भ्रष्टाचारप्रति शून्य सहिष्णुताको नीतिमाथि काम गरिरहेको छ।

मुख्यमन्त्रीले भने, “न खान्छु, न खान दिन्छु। भ्रष्टाचारका सबै मामिलाहरूको जाँच हुनेछ तथा कुनै पनि दोषीलाई छोड़िनेछैन।” उनले यो पनि स्मरण गराए, जीटीए शिक्षक भर्ती मामिलामा उनको सरकारले पहिला नै केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई)-लाई जाँच गर्ने निर्देश दिसकेको छ।

सभामा मुख्यमन्त्रीले पहाड़ी क्षेत्रका युवाहरूको लागि रोजगार सम्बन्धि महत्वपूर्ण घोषणा गर्दै भने, आगामी केही महिनाभित्रमा पुलिस विभागमा व्यापक रूपमा भर्ती गरिनेछ। यस अतिरिक्त शिक्षकहरूको रिक्त पदहरूमा पनि नियुक्ति शुरू हुनेछ। उनले भरोसा दिलाए, सम्पूर्ण भर्ती प्रक्रिया पारदर्शी र योग्यता आधारित हुनेछ।

पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीलाई लक्षित गर्दै शुभेन्दु अधिाकरीले भने, पहिलाको शासनकालमा पहाड़लाई पर्यटन स्थलको रूपमा हेरियो जबकि उनको सरकारले विकास अनि जनकल्याण गर्ने उद्देश्यले काम गरिरहेको छ। उनले भने, “म यहाँ पर्यटक भएर आएको होइन, काम गर्नका लागि आएको हो।”

मुख्यमन्त्रीले यो पनि आश्वासन दिए, केन्द्र अनि राज्यको ‘डबल इञ्जन’ सरकारका सबै विकास योजनाहरू अनि जनकल्याणकारी सुविधाहरूको लाभ पहाडका मानिसहरूसम्म पुऱ्याइनेछ। उनको भर्ती सम्बन्धि घोषणा र विकास सम्बन्धि वाचाहरूको सकारात्मक प्रतिक्रिया देखिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande