कुणाल घोषमाथि अण्डा फलेको मामिलामा दुई जना समातिए
कुणाल घोषमाथि अण्डा फलेको मामिलामा दुई जना समातिए


कोलकाता, 16 जून (हि.स.)। कालीघाटमा पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीको घर अगाड़ि विधायक कुणाल घोषमाथि अण्डा फालेको घटनामा पुलिसले दुई जना मानिसहरूलाई पक्राउ गरेको छ। मङ्गलवार बिहान कालीघाट थाना पुलिसले दुवै आरोपीलाई हिरासतमा लियो। यी आरोपीहरूको पहिचान रबी कोयाल र चन्दन कोयालको रूपमा भएको छ।

सूत्र अनुसार गए सोमवार साँझ कालीघाटस्थित ममता ब्यानर्जीको आवास सामु विधायक कुणाल घोषलाई लक्षित गरी अण्डा फालिएको थियो। घटनापछि त्यै रात कुणाल घोषले कालीघाट थानामा सिकायत दर्ता गराएका थिए। घटनापछि कुणालले कड़ा निन्दा गर्दै भनेका थिए, यसरी अण्डा फालिएको घटनादेखि उनी भयभित भएका छैनन्।

पुलिसले मामिलाको जाँच गरिरहेको छ। साथै घटना पछाड़िको कारण पत्तो लगाउने प्रयास गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande