
मोरीगाउँ, 16 जून (हि.स.)। मोरीगाउँ जिल्लाको मयोङ क्षेत्रमा 14 वर्षीया बालिकासित सामूहिक बलात्कारको घटना प्रकाशमा आएको छ। मंगलवार प्राप्त जानकारी अनुसार, इनामुल हुसेन, अली हुसेन र ओबेदुल्लाले 14 वर्षीया बालिकालाई पसलबाट कारमा अपहरण गरेका थिए। त्यसपछि तीन जनाले उनलाई बलात्कार गरे।
घटनाको जानकारी पाएपछि पुलिसले नाबालिग बालिकालाई उद्धार गरी उपचारको लागि अस्पतालमा भर्ती गरायो। घटनाको सम्बन्धमा ओबेदुल्लालाई पक्राउ गरिएको छ। घटनामा संलग्न इनामुल हुसेन र अली हुसेनलाई पुलिसले सक्रियतापूर्वक खोजी गरिरहेको छ। पुलिसले सामूहिक बलात्कारको लागि एफआईआर दर्ता गरेको छ र पक्रा परेको अभियुक्तसँग गहन सोधपुछ गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी