
मेदिनीपुर, 16 जून (हि.स.)। जिल्लामा फेरि एकपटक तृणमूल कङ्ग्रेसका नेतालाई पक्राउ गरिएको घटनाले राजनीतिक खैलाबैला तीव्र भएको छ। यसपालि तृणमूल कङ्ग्रेसका नेता तथा मेदिनीपुर नगरपालिकाका कन्जरभेन्सी सीआईसी एवं शहरको वार्ड नम्बर 16- का तृणमूल पार्षद सुसमय मुखर्जीलाई पुलिसले पक्राउ गरेको छ। कोतवाली थाना पुलिस अनुसार मङ्गलवार उनलाई अदालतमा पेश गरिनेछ।
पुलिस सूत्र मुताविक तृणमूल पार्षद सुसमय मुखर्जीमाथि सरकारी सम्पत्तिमा अवैध कब्जा गरेको आरोप छ। यस अतिरिक्त उनीमाथि अन्यको घर कब्जा गरी गोदाममा परिणत गरेको अनि भाड़ा माग्दा धम्की दिएको जस्ता गम्भीर आरोपहरू पनि लगाइएको छ। यति मात्र नभएर सरकारी जमीनमा कब्जा गरी त्यसको एक भाग बेचिदिएको गम्भीर आरोप समेत उनीमाथि लागेको छ। लिखित सिकायत प्राप्त भएपछि गए सोमवार कोतवाली थाना पुलिसले उनीसित जाँचबुझ शुरू गरेको थियो। त्यसपछि मङ्गलवार उनलाई पक्राउ गरियो।
शालबनी जमीन घोटालाको कारणले पहिलाबाटै सम्पूर्ण मेदिनीपुको राजनीतिक माहोल तातिएको छ। यसै मामिलामा तृणमूलका पूर्व विधायक सुजय हाजरालाई पहिला नै पक्राउ गरिसकिएको छ। दुई भिन्न मामिलामा उनलाई पुलिस तथा न्यायिक हिरासतमा पठाइएको छ।
पुलिस अनुसार मङ्गलवार सुसमय मुखर्जीलाई मेदिनीपुर सीजेएम अदालतमा पेश गरियो जहाँ उनको हिरासतको माग गर्दै पुलिसले आवेदन गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा