अभिषेक ब्यानर्जीको घरमा पुगे निगम अधिकारीहरू, नापजोखको प्रक्रिया शुरू
अभिषेक ब्यानर्जीको घरमा पुगे निगम अधिकारीहरू, नापजोखको प्रक्रिया शुरू


कोलकाता, 16 जून (हि.स.)। अवैध निर्माणको जाँच गर्ने सिलसिलामा कोलकाता नगरनिगमको भवन निर्माण विभागीय कर्मचारीहरू तृणमूल नेता अभिषेक ब्यानर्जीको घरको फुटपाथ नामजोख गर्नको लागि मङ्गलवार अपरान्ह उनको कालीघाटस्थित घरमा पुगे।

सूत्र अनुसार नगरनिकायका कार्यकर्ताहरू मङ्गलवार अपरान्ह एक बजेपछि कालीघाटको पटुआपाड़ास्थित अभिषेकको घर अगाड़ि पुगे। उनीहरूले नामजोख गर्न शुरू गरे। प्राथमिक अनुमानमा यस्तो प्रतीत भइरहेको छ कि नगरनिकायका कर्मचारीहरू पटुआपाड़ामा यो जाँच्न गएका थिए कि के यसको निर्माण नियमानुसार गरिएको थियो।

सूत्रले भन्यो, यस कुराको पनि जाँच गरिँदैछ कि के घरको चारैतिरको पर्खाल फुटपाथलाई छेड़र उठाइएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande