भगौड़ा तृणमूल नेता कृष्ण दासको घरमा पुलिसको छापामारी, हतियार र केही वाहनहरू जफत
भगौड़ा तृणमूल नेता कृष्ण दासको घरमा पुलिसको छापामारी, हतियार र केही वाहनहरू जफत


जलपाईगुड़ी, 16 जून (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) कार्यकर्ताहरूमाथि भएको हमलासित सम्बन्धित मामिलामा भागेका तृणमूल कङ्ग्रेस नेता कृष्ण दासको घरमा पुलिसले व्यापक कारबाही गर्दै छापामारी गऱ्यो। यस अवधि घरबाट केही धारिलो हतियारहरू सहित वाहनहरूलाई जफत गरियो जसले गर्दा सम्पूर्ण क्षेत्रमा खैलाबैला मचियो।

पुलिस सूत्र मुताविक गत 5 मईको दिन चुनाउ परिणाम घोषणा भएको अघिल्लो दिन बारोपेटिया क्षेत्रमा भाजपा कार्यकर्ताहरूमाथि हमला भएको आरोप कृष्णा दास र उनका समर्थकहरूमाथि लागेको थियो। भनिन्छ, चुनावी हारको प्रतिशोध लिनको लागि यो हमला गरिएको थियो।

यस मामिलामा पुलिसले पहिला नै कृष्ण दासका केही निकटवर्तीहरूलाई पक्राउ गरिसकेको छ। गए सोमवार राति पक्रा पर्ने आरोपीहरूलाई आफूसितै ल्याएर कोतवाली पुलिसले कृष्णदासको घरमा छापा माऱ्यो। यस अवधि केन्द्रिय बलका जवानहरू पनि उपस्थित थिए। हाल पुलिसले कृष्ण दासलाई खोजिरहेको छ। साथै मामिलाको गहन जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande