
नयाँ दिल्ली, 16 जून (हि.स.)। आम आदमी पार्टी (आआपा)- का राज्यसभा सदस्य सञ्जय सिंहले मङ्गलवार आरोप लगाए, प्रवर्तन निदेशालय (ईडी) र अन्य केन्द्रिय एजेन्सीहरूलाई उपयोग गरी पार्टी नेता तथा कार्यकर्ताहरूलाई लक्षित गरिँदैछ।
सञ्जय सिंहले पार्टी कार्यालयमा आयोजित एक पत्रकार वार्तामा आरोप लगाए, पार्टीको गोवा प्रदेश एकाईका सह-प्रभारी दीपक सिङ्गला र उनको परिवार विरूद्ध गरिरहेको कारबाही राजनीतिक प्रतिशोधको अङ्ग हो। जुन मामिलामा कारबाही भइरहेको छ, त्यसको शुरूआत वर्ष 2014-मा भएको थियो। त्यसबेला जाँच पूरा भएपछि आरोप पत्र पनि दर्ता गरिसकिएको छ। मुद्दाको प्रक्रिया लगभग पूरा भएपछि पनि लगातार छापामारी र पक्राउ गरिरहेको छ।
सिंहले आरोप लगाए, दीपक सिङ्गलाका भाइ रमन सिङ्गला, उनका आफन्तहरू तथा पार्टीसित सम्बन्धित केही कार्यकर्ताहरूको घरमा ईडीले छापामारी गरिरहेको छ।
सिंहले भने, ईडीलाई पार्टीका शीर्ष नेतृत्वहरूको विरोधमा केही हात नलागेपछि अब स-साना कार्यकर्ता र पदाधिकारीहरूलाई लक्षित गरिँदैछ। सरकारले ईडीलाई उपयोग गरी लोकतान्त्रिक संस्थाहरू तथा विपक्षी दलहरूमाथि दबाव दिरहेको छ। ईडीकै माध्यमबाट आआपा संयोजक अरविन्द केजरीवाल, पूर्व शिक्षा मन्त्री मनीष सिसोदिया, सत्येन्द्र कुमार जैन तथा उनी स्वयं जेल गइसकेका छन्। अब स-साना कार्यकर्ताहरूलाई लक्षित गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा