दोस्रो कक्षाकी छात्राको अपहरण गर्ने प्रयास
दोस्रो कक्षाकी छात्राको अपहरण गर्ने प्रयास


नलबाड़ी, 16 जून (हि.स.)। नलबारी जिल्ला मुख्यालयमा कक्षा दुईमा पढ्ने छात्राको अपहरणको प्रयास भएको खबर आएको छ। पुलिसले मंगलवार रिपोर्ट गरेको छ कि दोस्रो कक्षाकी छात्रा आफ्नो पितासँग स्कूल जाँदै गर्दा दुई अपहरणकारीले उनको पिताको घाँटीमा चक्कु राखेर बालिकालाई अपहरण गर्ने प्रयास गरेका थिए।

स्थानीय बासिन्दाको सहयोगमा दुई अपहरणकारीलाई पक्राउ गरिएको छ। पक्रा परेका संदिग्धहरूको पहिचान शाहिदुल अली र विवेक गुप्ताको रूपमा गरिएको छ। बासिन्दाहरूले उनीहरूलाई गम्भीर रूपमा कुटपिट गरे र पुलिसलाई जिम्मा लगाए। पुलिसले उनीहरूलाई गम्भीर अवस्थामा उपचारको लागि अस्पतालमा भर्ती गरेको छ। अपहरणकारीहरू गुवाहाटीबाट नलबाड़ी आएका थिए। पुलिसले एफआईआर दर्ता गरेको छ र पक्रा परेका दुई संदिग्धहरूसँग गहन सोधपुछ गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande