संदिग्ध परिस्थितिमा भेटियो युवकको शव
संदिग्ध परिस्थितिमा भेटियो युवकको शव


अमेठी, 16 जून (हि.स.)। उत्तर प्रदेशको अमेठी जिल्लाको जगदीशपुर कोतवाली क्षेत्रको मिश्रौली गाउँ नजिक मंगलवार बिहान शंकास्पद अवस्थामा एक युवकको शव फेला परेपछि क्षेत्रमा कोकोहोलो मच्चिएको छ। खबर पाएलगत्तै पुलिसले घटनास्थलमा पुगेर शवलाई कब्जामा लिएर पोस्टमार्टमका लागि पठाएको छ। यस विषयमा अनुसन्धान जारी छ।

प्राप्त जानकारी अनुसार, जगदीशपुर कोतवाली क्षेत्र अन्तर्गत मिश्रौली गाउँ नजिकै रहेको नैया नालाको किनारमा एक युवकको शव यात्रुले देखेका थिए। त्यसपछि तत्काल 112 मा डायल गरेर पुलिसलाई खबर गरियो। सूचना पाएर डायल 112 को टोली घटनास्थलमा पुगेर स्थानीय पुलिसलाई घटनाबारे जानकारी गरायो। घटनाको खबर पाएलगत्तै गाउँले र यात्रुको भीड़ घटनास्थलमा जम्मा भयो। जगदीशपुर कोतवाली पुलिसले घटनास्थलको निरीक्षण गरी शवलाई कब्जामा लिएर पोस्टमार्टमका लागि पठाएको छ।

मृतकको पहिचान थाना जगदीशपुर मिश्रौली निवासी जगन्नाथका छोरा प्रमोदको रूपमा गरिएको छ। प्रारम्भिक दृष्टया घटना शंकास्पद देखिन्छ। पुलिसले सबै पक्षको अनुसन्धान गरी आवश्यक कानूनी कारबाही अगाड़ी बढ़ाएको छ। अहिले युवकको मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्र थाहा हुनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande