केन्द्रिय राज्यमन्त्री शोभा करन्दलाजे अर्किडेरियमको भ्रमण गरिन्
अर्किडेरियम भ्रमण गर्दै केन्द्रिय राज्यमन्त्री शोभा करन्दलाजे


गान्तोक, 16 जून (हि.स.)। भारत सरकारको केन्द्रिय सूक्ष्म, लघु तथा मध्यम उद्यम (एमएसएमई) र श्रम तथा रोजगार राज्यमन्त्री शोभा करन्दलाजे मङ्गलवार दुईदिने आधिकारिक भ्रमणमा सिक्किम आइपुगेकी छन्। उनले आज स्वर्णजयन्ती मैत्रेय मञ्जरीमा रहेको अर्किडेरियमको भ्रमण गरिन्।

स्वर्णजयन्ती मैत्रेय मञ्जरी कम्प्लेक्सभित्र अवस्थित अर्किडेरियममा राष्ट्रको सबैभन्दा ठूलो कूल हाउस अर्किडेरियम र अर्किड सङ्ग्रहालय विद्यमान छन्। यो सिक्किमको समृद्ध पुष्प सम्पदा र जैविक विविधता संरक्षण, पारिस्थितिक पर्यटन र दिगो पर्यटन विकासप्रति राज्य सरकारको निरन्तर प्रतिबद्धताको प्रमाणको रूपमा खड़ा छ।

दुर्लभ र स्वदेशी अर्किड प्रजातिहरूको विस्तृत विविधताको घर अर्किडेरियमले सिक्किमको पारिस्थितिक समृद्धि प्रदर्शन गर्दछ जबकि राज्यको प्राकृतिक सम्पदाको संरक्षणका लागि जारी प्रयासहरूमाथि प्रकाश पार्दछ।

भ्रमणको क्रममा केन्द्रिय राज्यमन्त्रीलाई सिक्किममा पाइने विविध अर्किड प्रजाति (जसमा राज्यभरि रेकर्ड गरिएका 507 प्रजाति पनि समावेश छन्) बारे जानकारी गराइएको थियो। भ्रमणको प्रमुख आकर्षण सिम्बिडियम नामो रहेको थियो, जुन प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा नामाकरण गरिएको एक अद्वितीय अर्किड प्रजाति हो।

भ्रमणको क्रममा वाणिज्य तथा उद्योग विभागका अधिकारीगण, पुलिस कर्मचारी र अर्किडेरियम व्यवस्थापन टोलीका सदस्यहरू पनि उपस्थित रहेका थिए।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande