
लखिमपुर (असम), 16 जून (हि.स.)। असमको लखिमपुर जिल्लाको चाउलधोवा क्षेत्रमा एकजना महिलासित सार्वजनिक रूपा दुर्व्यवहार तथा प्रताड़ना गरेको जस्तो लज्जास्पद घटना प्रकाशमा आएको छ। आरोप छ, केही मानिसहरूले सड़कमा महिलालाई उसको पति अगाड़ि नै निर्वस्त्र पारेर प्रताड़ित गरे। घटनाको कारणले क्षेत्रमा व्यापक आक्रोश व्याप्त भएको छ।
मङ्गलवार प्राप्त जानकारी अनुसार यो घटना कोनानदी गाउँमा भएको हो। भनिन्छ, सरकारी भूमिमा चाङ्गघर (पारम्परिक अग्लो घर) निर्माण गर्ने विषयमा उत्पन्न भएको विवादले गम्भीर रूप लियो जसमा केही मानिसहरूले महिलामाथि हमला गरी उसलाई सार्वजनिक रूपमा अपमानित गरे।
घटनाको सूचना पाउनसाथ पुलिसले जाँच शुरू गरेको छ। मामिलामा संलिप्त हरेकान्त चायेङ्गिया नामक एकजना आरोपीलाई पुलिसले पक्राउ गरेको छ। पुलिसले अन्य आरोपीहरूलाई चिन्हित गरी पक्राउ गर्नको लागि अभियान सञ्चालन गरिरहेको छ।
यस घटनाको विभिन्न सङ्गठन तथा स्थानीय मानिसहरूले कड़ा निन्दा गरेका छन्। पुलिसले दोषीहरूविरूद्ध कड़ा कानूनी कारबाही गर्ने आश्वासन दिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा