
गान्तोक, 16 जून (हि.स.)। गान्तोकका जिल्ला चुनाउ अधिकारी (डीईओ) तथा जिल्लापाल रोहन अगवानेले मङ्गलवार जिल्ला प्रशासनिक केन्द्र (डीएसी) स्थित आफ्नो कार्यकक्षमा विशेष गहन पुनरीक्षण (एसआईआर) 2026 माथि राजनीतिक दलका प्रतिनिधिहरूलाई लिएर बैठक सञ्चालन गरेका छन्।
बैठकमा राजनीतिक दलका प्रतिनिधिहरूले एसआईआर 2026 सँग सम्बन्धित विभिन्न प्रश्न राखे। दाबी र आपत्ति पञ्जीकरण गर्ने प्रक्रिया, फाराम 6 का लागि आवश्यक दस्तावेज र धरातलीयस्तरमा बुथस्तरीय अधिकारी (बीएलओ) र बुथस्तरीय एजेन्ट (बीएलए) ले सामना गर्ने समस्यामा केन्द्रित छलफलहरू गरियो। गणना फारामको वितरण र सङ्कलनको अनुगमन गर्न सहायक चुनाउ पञ्जीकरण अधिकारी (एईआरओ) को आ-आफ्नो निर्वाचन क्षेत्रमा भ्रमणबारे पनि छलफल गरियो। नागरिकहरूलाई एसआईआर प्रक्रियामा भाग लिनुको महत्त्वबारे संवेदनशील बनाउन माइकिङ अभियानमार्फत जनचेतनाको आवश्यकतामाथि पनि छलफल गरियो।
जिल्ला चुनाउ अधिकारीले राजनीतिक दलका प्रतिनिधिहरूले उठाएका जिज्ञासाहरूलाई ध्यानमा राख्दै जिल्लाका सबै योग्य मतदाताको समावेशीकरण सुनिश्चित गर्न बीएलओहरूद्वारा वितरण गरिएका गणना फारामहरूको सङ्कलनमा ध्यान केन्द्रित गर्न आग्रह गरे। उनले प्रतिनिधिहरूलाई सबै वास्तविक गुनासाहरूलाई तुरुन्तै सम्बोधन गरिने आश्वासन दिए।
बैठकमा चुनाउ विभागकी अवरसचिव धनमाया रसाइली र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
---------------
हिन्दुस्थान समाचार / बिशाल