इटानगर क्यापिटल पुलिसको स्पेशल एक्शन टीमले ड्रग्स तस्करलाई गऱ्यो पक्राउ
इटानगर क्यापिटल पुलिसको स्पेशल एक्शन टीमले ड्रग्स तस्करलाई गऱ्यो पक्राउ


इटानगर, 16 जून (हि.स.)। अरुणाचल प्रदेशको इटानगर क्यापिटल पुलिसको स्पेशल एक्शन टीमले राजधानी क्षेत्रमा नशालु पदार्थहरूविरूद्ध कारबाही गर्दै गए राती टोको सञ्जय (27) नामक एकजना व्यक्तिलाई पक्राउ गऱ्यो जसमाथि ड्रग्स तस्करी एवं बेचेको आरोप छ।

पुलिस टीमले विश्वसनीय सूत्रबाट प्राप्त जानकारीको आधारमा बितेको राती इटानगरको ईएसएस सेक्टरमा खोजी अभियान सञ्चालन गऱ्यो जसमा ड्रग्स बेच्ने एकजना व्यक्तिलाई सफलतापूर्वक समात्यो।

ज्ञात रहोस्, पुलिस टीमको गठन हालैमा इटानगर क्यापिटल क्षेत्रमा ड्रग्स तस्करीलाई निमिट्यान्न पार्न, वाहनहरूको चोरीलाई रोक्न तथा अन्य सङ्गठित आपराधिक गतिविधिहरूलाई समाप्त गर्ने प्रयासलाईतीव्र बनाउने विशेष उद्देश्यले गरिएको हो।

यो टीम इटानगर क्यापिटल रीजनका उपपुलिस अधीक्षक चमराक अरुणको नेतृत्वमा तथा इटानगरका पुलिस अधीक्षक जुम्मर बसारको निगरानीमा बनाइएको हो।

अभियान अवधि इटानगरको ईएसएस सेक्टरमा बस्ने टोको सञ्जय (27)-लाई समातियो। उबाट प्राप्त जानकारीको आधारमा पुलिस टीमले उसको कोठाको खानतलासी गऱ्यो जसमा प्लास्टिकका 27 वटा शिशीहरू भेटियो। यस अतिरिक्त एउटा सिरिञ्ज, एउटा खाली शिशी र ड्रग्ससित सम्बन्धित अन्य वस्तुहरू जफत गरियो।

खानतलासी तथा जफत गर्ने कारबाही स्वतन्त्र गवाहको उपस्थितिमा गरियो। यस मामिलामा इटानगर पुलिस स्टेशनमा मामिला दर्ता गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande