
पूर्व मेदिनीपुर, 18 जून (हि.स.)। पश्चिम बङ्गालमा सत्ता परिवर्तन भएपछि स्थानीय निकायहरूमा राजीनामा दिने सिलसिला लगातार जारी छ। यसै क्रममा तृणमूल नेताा शिउली दासले जिल्लाको महिषादल पञ्चायत समिति अध्यक्ष पदबाट राजीनामा दिएकी छन्। उनले शारीरिक अस्वस्थतालाई देखाएर पद त्याग गर्ने फसेला गरेकी छन्।
सूत्र अनुसार शिउली दासले गए बुधवार साँझ हल्दिया महकुमा शासकको कार्यालयमा आफ्नो राजीनामा सुम्पिइन् जसलाई स्वीकार गरिएको छ।शिउली दास वर्ष 2013-देखि नै लगातार तीन पटक त्रिस्तरीय पञ्चायत चुनाउ जितेर पञ्चायत समितिसित गाँसिदै आएकी छन् भने हाल उनी महिषादल पञ्चायत समितिको अध्यक्ष पदमा आसिन थिइन्। उनको कार्यकाल वर्ष 2028 सम्मको थियो, तर स्वास्थ्य कारणले उनले बीचमै राजीनामा दिइन्।
महकुमा शासकलाई लेखिएको पक्षमा उनले बताइन्, उनी पछिल्लो लामो समयदेखिको शारीरिक अस्वस्थता तथा अन्य स्वास्थ्य समस्याहरूसित जुझ्दै आइरहेकी छन्। यसै कारणले उनले स्वेच्छाले अध्यक्ष पदको जिम्मेवारीबाट मुक्त गर्ने अनुरोध गरिन्।
महिषादल पञ्चायत समितिको 33 वटा सीटमा तृणमूल कङ्ग्रेससित 23 वटा सीट छ भने भाजपासित 10 वटा। 19 जूनमा पञ्चायत समितिको सामान्य सभा प्रस्तावित छ। त्यस अगावै अध्यक्षले राजीनामा दिएको घटनापछि क्षेत्रमा खैलाबैला शुरू भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा