महानदी ग्राम पञ्चायतको बोर्ड पनि भाजपाको झोलीमा
महानदी ग्राम पञ्चायतको बोर्ड पनि भाजपाको झोलीमा


खरसाङ, 23 जून (हि.स.)। खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतको पञ्चायत बोर्ड पनि भारतीय जनता पार्टी (भाजपा) को झोलीमा गएको छ। महानदी ग्राम पञ्चायतका सातजना पञ्चायत सदस्यहरुमा पाँचजना पञ्चायत सदस्यहरु भाजपामा सामेल भएका छन्।

केही दिन अघि महानदी ग्राम पञ्चायतको चारजना पञ्चायत सदस्यहरु भाजपामा गएका थिए भने मंगलवार महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पा पनि भाजपामा सामेल भएका छन्। उनले भाजपा दार्जिलिङ जिल्ला सचिव बिनय प्रसाद, मिडिया प्रभारी चन्दन प्रसाद, तीनधारे महानदी मण्डल सभापति उमेश प्रधान मण्डलका संयोजक योगेन्द्र छेत्री लगायत अन्यको बाहुलीबाट भाजपाको झण्डा ग्रहण गरेर आधिकारिक रूपमा भाजपामा सामेल भएका छन्।

अबको केही दिनमा नै महानदी ग्राम पञ्चायतमा भाजपाको पञ्चायत बोर्ड गठन गरिने जानकारी प्राप्त भएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande