जीटीएका सभासद पदबाट अनोश थापाले दिए राजीनामा
अनोश थापा


खरसाङ, 18 जून (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) का अध्यक्ष अनित थापाले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) का प्रमुख र सभासदका पदबाट राजीनामा दिएपछि भागोप्रमोका अन्य सभासदहरुले पनि भटाभट राजीनामा दिन थालेका छन्। यस क्रममा सोनादा पचेङ समष्टिका सभासद अनोश थापाले राजीनामा दिएका छन्।

थापाले आज जारी एउटा भिडियो सन्देशमा जीटीएको सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद एवं सोनादा पचेङ समष्टिको सभासद पदबाट राजीनामा दिएको बताएका छन्। उनले राजीनामा दिनुको कारण स्पष्ट गर्दै अहिले राज्य अनि केन्द्र दुवैमा गोरखाहरुलाई माया गर्ने सरकार बनिएको र जनताको आकांक्षालाई पूरा गर्न जीटीएबाट राजीनामा दिएको दाबी गरेका छन्।

उनले भने, हामी राज्यसित नै मिलेर काम गर्ने भएकाले हामी बाध्यतामा जीटीएको चौकीमा बसेका हौँ। तर अहिले परिस्थिति अर्कै छ र हामी जनताको लागि जीटीएको चौकी छोड्न चाहन्छौं। हामी विश्वास गर्छौँ कि डबल इञ्जिनको सरकारले गोर्खाहरुको लम्बित स्थायी राजनीतिक समाधान हुनेछ।जनताले पनि यही कुराको आशा राखेका छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande