
कोलकाता, 18 जून (हि.स.)। तृणमूल कङ्ग्रेसका वरिष्ठ नेता अरूप विश्वासले पार्टीको ब्याङ्क खाताबाट कुनै पनि प्रकारको वित्तीय लेनदेनमाथि रोक लगाउने माग गर्दै एक निजी ब्याङ्कको सेन्ट्रल प्लाजा शाखाका प्रबन्धकलाई पत्र लेखेका छन्। पत्रमा उनले आफूलाई अल इण्डिया तृणमूल कङ्ग्रेसको कोषाध्यक्ष बताउँदै पार्टीको खाताको सुरक्षालाई मध्यनजर गर्दै लेनदेन रोक्ने अनुरोध गरेका छन्।
तथापि अरूप विश्वासको यस कदमलाई लिएर पार्टीभित्र प्रश्न उठ्न थालेको छ। तृणमूल कङ्ग्रेसको गत पाँच जूनमा सम्पन्न कार्यकारी समितिको बैठकमा शुभाशिष चक्रवर्तीलाई पार्टीको नयाँ कोषाध्यक्ष घोषित गरिएको थियो। त्यसैले अरूप विश्वासद्वारा कोषाध्यक्षको रूपमा ब्याङ्कलाई पत्र पठाइनुको अधिकारलाई लिएर विवाद उत्पन्न भएको छ।
सूत्र अनुसार अरूप विश्वासको पत्रमा 16 जूनको तिथि अङ्कित छ। पत्रमा उनले दाबी गरेका छन्, पार्टीभित्र वर्तमानमा अस्थिर स्थिति उत्पन्न भएको छ। उनले लेखेका छन्, संसदीय दल र विधायक दलमा फाँटो आउने स्थिति सृजना भएको छ। पार्टीको चुनाउ चिन्ह र कोषमा नियन्त्रणलाई लिएर पनि जटिलता उत्पन्न भएको छ।
पत्रमा ब्याङ्कका प्रबन्धनसित अनुरोध गरिएको छ, विवादको स्थिति स्पष्ट नहुञ्जेलसम्म पार्टीको ब्याङ्क खाताबाट सबै प्रकारका लेनदेनमाथि रोक लगाइनेछ ताकि पार्टीको कोष सुरक्षित रहनसकोस् तथा कुनै प्रकारको वित्तीय अनियमितता हुने आशङ्का नहोस्।
राजनीतिक जानकारहरूको मान्यता छ, अरूप विश्वासको यस पत्रको कारणले तृणमूल कङ्ग्रेसभित्र भइरहेको सङ्गठनात्मक विवाद अझ गहिरिनसक्छ। साथै पार्टीका वित्तीय अधिकार तथा वैधानिक प्रतिनिधित्वलाई लिएर नयाँ विवाद उत्पन्न हुने सम्भावना पनि छ।
पार्टी नेतृत्वको पक्षबाट हाल यस मामिलामा कुनै आधिकारिक प्रतिक्रिया सामु आएको छैन। तर अरूप विश्वासको यस कदमले तृणमूल कङ्ग्रेसको आन्तरिक राजनीतिमा नयाँ बहसलाई जन्म दिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा