विद्या भारती सिक्किमका संयोजकले गरे विद्यादीप शैक्षिक संस्थानको भ्रमण
विद्या भारती सिक्किमका संयोजकले गरे विद्यादीप शैक्षिक संस्थानको भ्रमण


गान्तोक, 18 जून (हि.स.)। विद्या भारती सिक्किम प्रान्तका संयोजक मोहन शर्माले दार्जिलिङको पुलबजारमा सञ्चालन भइरहेको विद्यादीप शैक्षिक संस्थानको भ्रमण गरेका छन्। विद्या भारती सिक्किम प्रान्त अन्तर्गत 'सम्पर्कित विद्यालय' को रूपमा मान्यता दिॅंदै यो शैक्षिक एवं सांगठनिक भ्रमण गरिएको थियो। उनले 14 देखि 16 जून, 2026 सम्म उक्त विद्यालयको भ्रमण गरेको बताइएको छ।

संयोजक शर्माले आफ्नो भ्रमणका क्रममा विद्यालयको सम्पूर्ण निरीक्षण गर्नुका साथै विद्यालय सञ्चालन समिति, आचार्य एवं अभिभावकहरूसॅंग बैठक गरेका थिए। यस अवधि उनले वर्तमान स्थिति, आगामी योजना, समाजको सहयोग, आर्थिक व्यवस्थापन, प्रशासनिक कार्य, शैक्षिक गुणस्तर, आध्यात्मिक, सामाजिक कार्य आदि जस्ता विषयहरूमाथि चर्चा गरेका थिए।

संयोजक शर्माले भने, आगामी दिनहरूमा विद्या भारती सिक्किम प्रान्त अन्तर्गत सबैको सहयोग, मार्गदर्शनमा सबै प्रकारका कार्य विद्यालयमा क्रियान्वयन हुनेछन्। अब विद्यालय समिति, आचार्य परिवार एवं अभिभावकको समन्वय, सहयोग एवं सक्रियतामा कार्य गर्ने संकल्प गरिएको छ।

विद्यालय परिवारले संयोजक शर्मालाई विद्यालय भ्रमणका लागि आभार व्यक्त गरेको छ। आफ्नो भ्रमणका क्रममा शर्माले प्रधानाध्यापक र व्यवस्थापन समितिका सदस्यहरूसँग अर्थपूर्ण अन्तरक्रिया गर्दै प्राथमिकदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई आफ्ना प्रेरणादायी शब्दहरूले मार्गदर्शन प्रदान गरेको बताइएको छ।

उल्लेख्य, विद्यादीप शैक्षिक संस्थानमा अहिले 197 जना विद्यार्थी अध्ययनरत छन्। विद्यालय पश्चिम बंगाल सोसाइटी रेजिस्ट्रेशन एक्ट, 1961 अन्तर्गत पञ्जीकृत रहेको बताइएको छ। विद्यालयमा छात्रावास पनि सञ्चालित छ, जहॉं 30 जना बाल बालिका बसेर अध्ययन गरिरहेका छन्। छात्रावासमा सिलगढी, नाम्ची दार्जिलिङ, जलढाका, राभाङ्ला आदि ठाउॅंका विद्यार्थीहरू छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande