अनित थापाले राजीनामा मात्र दिएको हो, तर क्षेत्रीयता बाँचेको छ: पेम्बा रिम्पोर्छे
pemba rimpoche


खरसाङ, 18 जून (हि.स.)। बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छेले अनित थापाले साहस गरेर जातिको लागि जीटीएबाट राजीनामा दिएको बताएका छन्। अनित थापाले जीटीए प्रमुखबाट मात्र राजीनामा दिएका हुन्, तर क्षेत्रीयता भने जीवित रहेको उनले बताए।

पेम्बा रिम्पोछेले भने, पहाडको जनताले हरेस खानु हुँदैन किनभने हामीले क्षेत्रीयता बचाउनुपर्छ। तर, क्षेत्रीयता कसरी बचाउनु पर्छ, त्यो हामीले मात्र पहल गर्नुपर्छ। हामीले क्षेत्रीयता बचाउन दागा धर्नेलाई होइन, कुट्छु पिट्छु भन्नेलाई होइन र आफ्नै गुरुलाई खेदाउनेलाई होइन तर सोचेर बुझेर साथ दिएर क्षेत्रीयता बचाउनुपर्छ।

पेम्बा रिम्पोर्छेले जीटीएमा छानबीन हुनुपर्छ भन्दै अहिलेको जीटीएको मात्रै होइन तर पहिलेको जीटीए साथै 2009 मा आएको आँधी बेह्री 'आईला' को समयदेखि नै जाँच हुनुपर्छ भनी माग गरे। उनले भने, जीटीएको छानबीनलाई जनताले पनि स्वागत गर्नुपर्छ। सबैको हिसाब किताब हुनुपर्छ।

उनले भने, 'अब डबल इञ्जिनको सरकारले गोर्खाहरुलाई केही दिन्छ भन्ने आशा छ। डबल इञ्जिन मात्र होइन यहाँ त्रिपल इञ्जिनको सरकार भएको छ र भाजपा सरकारले गोर्खा जातिको लागि के दिनसक्छ हामी स्वागत गर्न तयार छौँ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande