गोजमुमो अध्यक्ष बिमल गुरुङको तीनधारे महानदी समष्टिमा भ्रमण
गोजमुमो अध्यक्ष बिमल गुरुङको तीनधारे महानदी समष्टि भ्रमण


गोर्खाहरुका लागि स्थायी राजनीतिक समाधान आउँदैछ: बिमल गुरुङ

खरसाङ, 18 जून (हि.स.)। गोजमुमो अध्यक्ष बिमल गुरुङले‌ भने, पहाड तराई र डुवर्सका लागि राजनीतिक समाधान आउँदैछ। राजनीतिक समाधानको लागि हामी गोर्खाहरु एकबद्ध हुनुपर्छ। अब हामी एक भएर काम गर्नुपर्छ। गोर्खाको शिर उच्च पार्नुपर्छ। गोर्खाको शिर ढल्न दिनु हुँदैन।

मोर्चा अध्यक्ष बिमल गुरुङले आज तीनधारे महानदी समष्टिका विभिन्न स्थानहरुको भ्रमण गरेका छन्। उनी हालमा खरसाङ क्षेत्रमा बसेर विभिन्न स्थानहरुको भ्रमण गरिरहेका छन्। उनले तीनधारे महानदी समष्टिको बाघमारा बस्ती, सिविटार, 12 नम्बर, हुँदै गिताङ्गे, शिवखोला, सिमरिङ, मालुटार चियाबारीको फागुटारसम्मको भ्रमण गरे।

भ्रमणका क्रममा जनतालाई सम्बोधन गर्दै उनले भने, 2017 देखि जनतामा बाध्यता थियो। नेताको समर्थन गरेन भने जेल हाल्ने, पुलिस लगाउने चलन थियो।‌ सबै जनाले तृणमूलको कि भाजपाको झण्डा समाउनु पर्ने बाध्यता थियो। तर, अहिले परिस्थिति अर्कै भएको छ। गुरुङले भने, अब सबैलाई एक साथमा राखेर काम गर्नुपर्छ। सबैलाई एकै नजरले हेर्नुपर्छ। भाई भतिजाबाद गर्नुहुँदैन। गोजमुमोको बदनाम नहोस्। गोर्खाको बदनाम नहोस्।'

उनले स्थानीय मानिसहरुसित भेटघाट गर्दै विभिन्न समस्याहरु बुझ्ने प्रयास गरेका थिए। उनको उपस्थितिमा गिताङ्गे चियाबारीको तल्लो गाउँमा पार्टीको सांगठनिक सभा पनि सम्पन्न भयो। उनले फागुटारमा सार्वजनिक भवन निर्माण गरिदिने आश्वासन दिएका छन्। यसपछि, उनी सिपाहीधुरा चियाबारी पुगे। उनको भ्रमण अवधि गोजमुमो खरसाङ महकुमा समितिका सभापति योगेन्द्र राई, तीनधारे महानदी समष्टिका सभापति आईतमान राई, युवा मोर्चा खरसाङ महकुमा समितिका सभापति सत्यवान छेत्री आदि पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande