ट्रेनको चपेटमा परी एकजना व्यक्तिको मृत्यु
ट्रेनको चपेटमा परी एकजना व्यक्तिको मृत्यु


जोरहाट (असम), 18 जून (हि.स.)। जोरहाट जिल्लान्तर्गत नकसारी रेलवे स्टेशनको छेउमा आज बिहान ट्रेनको चपेटमा परी रजाबारी गाउँ निवासी बच्चन माझी नामक एकजना व्यक्तिको मृत्यु भयो। जानकारी अनुसार आज बिहान तिनी काममा जानका लागि घरबाट हिँड़ेका थिए।

स्थानीय मानिसहरूको बयान अनुसार प्रायजसो नै माझी र तिनकी पत्नी ट्रेन मार्फतै काममा जाने गर्दथे। आज पनि तिनी नानीहरूसित ट्रेनमा सवार हुनका लागि रेलको पटरीको बीचबाट गुज्रिरहेका थिए।

बिहान लगभग 6.39 बजे माथिल्लो असमतिरबाट आइरहेको राजधानी एक्सप्रेसको चपेटमा परेर उनको मृत्यु भएको हो। यो घटना नकसारी रेलवे स्टेशनदेखि लगभग दुई सय मीटर टाड़ामा भएको हो। घटनाको सूचना पाउनसाथ मोरियानी रेलवे पुलिसले घटनास्थलमा पुगेर शवलाई पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदिएको छ। साथै मामिलाको जाँचलाई जारी राखेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande