प्रचुर मात्रामा कफ सिरप जफत, दुई जना समातिए
प्रचुर मात्रामा कफ सिरप जफत, दुई जना समातिए


कामरूप (असम), 18 जून (हि.स.)। कामरूप (ग्रामीण) जिल्लान्तर्गत हाजोको बर्णी न पारा क्षेत्रमा बितेको राती पुलिसले अभियान सञ्चालन गरी प्रचुर मात्रामा कफ सिरप जफत गऱ्यो। मादक पदार्थ विरोधी व्यापक अभियानको क्रममा हाजो पुलिस अधिनस्थ ददरा पुलिस चौकीका प्रभारी अधिकारीको नेतृत्वमा पुलिस टीमले गुप्त सूत्रको सहयोगमा हाजो पुलिस थाना अन्तर्गत बर्णीको कुरिहामा खोजी अभियान सञ्चालन गऱ्यो।

यस अभियानमा पुलिसले 500 वटा बोतल जफत गऱ्यो जुन संदिग्ध एनडीपीएस कफ सिरप रहेको बताइएको छ जसलाई अवैध रूपमा बिक्री गर्नको लागि राखिएको थियो। बर्णी न पारा निवासी रसिद अलीका पुत्र दिलवार हुसैन (26) र जमशेद अलीका पुत्र बुबुल अली (35) नामक दुई जना मानिसहरूलाई पुलिसले यस मामिलामा पक्राउ गरेको छ। प्रतिबन्धित पदार्थको नेटवर्गसित सम्बन्धित अन्य व्यक्तिहरूलाई चिन्हित गर्नको लागि कारबाही भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande