चुनाउपछिको हिंसा मामिलामा बोलपुरका तृणमूल नेता इन्द्रजीत राय पक्राउ
चुनाउपछिको हिंसा मामिलामा बोलपुरका तृणमूल नेता इन्द्रजीत राय पक्राउ


बोलपुर, 18 जून (हि.स.)। पश्चिम बङ्गालको बोलपुरमा तृणमूल कङ्ग्रेसका नेता इन्द्रजीत राय उपनाम हारूलाई पुलिसले पक्राउ गरेको छ। पुलिसानुसार उनीविरूद्ध वर्ष 2021-को विधानसभा चुनाउपछि भएको हिंसासित सम्बन्धित मामिलामा कारबाही गरिएको हो।

जानकारी मुताविक इन्द्रजीत रायलाई पूर्वमन्त्री चन्द्रनाथ सिन्हाको निकटवर्ती मानिन्छ। हारू, बोलपुर नगरपालिकाको 20 नम्बर वार्डकी तृणमूल पार्षद रूबी दासका पति हुन् जो तृणमूलको श्रमिक सङ्गठनका नगर अध्यक्ष समेत रहिसकेका छन्।

पुलिसले बिहीवार बलागढ़बाट उनलाई पक्राउ गऱ्यो। पछि उनलाई बोलपुर महकुमा अदालतमा पेश गरियो। अदालतमा लैजाने क्रममा केही मानिसहरूले उनीमाथि अण्डाले प्रहार गरे।

पुलिस सूत्र अनुसार वर्ष 2021-को विधानसभा चुनाउको परिणाम घोषणा भएपछि नगरपालिकाको वार्ड नम्बर 20-का निवासी मिलन सातरामाथि हमला गरेको अनि उनको घरमा तोड़फोड़ गरेको आरोप हारूमाथि लगाइएको थियो। यसै मामिलामा यो पक्राउ भएको हो।यस अतिरिक्त् हारूमाथि धम्क्याएर कम मूल्यमा जमीन कब्जा गरेको आरोप पनि लगाइएको छ।

हालैमा एउटा अडियो क्लिप सार्वजनिक भएको थियो जसमा उनीमाथि मानिसहरूलाई कम मूल्यमा जमीन बेच्नको लागि चाप दिएको आरोप लगाइएको छ। जमीन बेचेको सट्टामा सरकारी आवास योजनाको लाभ दिने प्रलोभन पनि देखाइरहेका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande