
कोलकाता, 18 जून (हि.स.)। अन्तरराष्ट्रिय योग दिवसको अवसरमा कोलकाताको रेड रोडमा प्रस्तावित कार्यक्रमलाई लिएर कलकत्ता उच्च न्यायालयले महत्वपूर्ण निर्देश जारी गरेको छ। न्यायालयले कार्यक्रमको आयोजनमाथि रोक लगाउन अस्वीकार गर्दै कोलकाता पुलिस आयुक्तलाई यो सुनिश्चित गर्ने निर्देश दिएको छ कि रोड बन्द रहेको अवधिमा उच्च न्यायालय जाने-आउने वकिल, कर्मचारी तथा अन्य वाहनहरूको आवागमन प्रभावित नहोस्।
न्यायमूर्ति सौगत भट्टाचार्यको एकल पीठले भन्यो, आवश्यकता परे वैकल्पिक यातायातको व्यवस्था गरियोस् ताकि उच्च न्यायालयसित सम्बन्धित मानिसहरूलाई समयमा आफ्नो गन्तव्यसम्म पुग्नमा कुनै पनि प्रकारको समस्या नहोस्। अदालतले यो पनि निर्देश दियो, कार्यक्रम समाप्त हुनसाथ सड़कलाई तत्काल सफा गरेर सामान्य यातायातको लागि खोलियोस्।
स्मरण गराइन्छ, आगामी 21 जूनमा अन्तरराष्ट्रिय योग दिवसको अवसरमा रेड रोडमा विराट कार्यक्र आयोजना हुनुछ जसमा प्रधानमन्त्र नरेन्द्र मोदी उपस्थित रहने सम्भावना छ। न्यालायको यो निर्देश कार्यक्रम आयोजन हुनअघि पनि लागू हुनेछ, किनभने आयोजनको तयारीले गर्दा सड़कमा यातायात गर्नदेखि प्रतिबन्ध लगाइएको छ।
मामिलाको सुनवाईमा अधिवक्ता विकास रञ्जन भट्टाचार्यले अदालतलाई बताए, प्रधानमन्त्रीको योग कार्यक्रमको कारणले रेड रोडलाई लगभग सात दिनसम्म बन्द गरिएको छ। उनको तर्क थियो, यदि सड़कको न्यूनतम पनि 50 प्रतिशत भागमा यातायात गर्ने अनुमति दिइए त्यति धेर समस्या हुँदैन। वर्तमानमा अधिवक्ता तथा आम मानिसहरूलाई उच्च न्यायालयसम्म पुग्नको लागि लामो वैकल्पिक मार्गलाई अप्नाउनु परिरहेको छ।
सुनवाईमा न्यायमूर्ति भट्टाचार्यले राज्य सरकारसित प्रश्न गरे, कार्यक्रमको आयोजन रेड रोडको सट्टा ब्रिगेड परेज ग्राउण्डमा किन गर्न सकिँदैन? यसमा राज्य सरकारको पक्षबाट अतिरिक्त महाधिवक्ता बिल्वदल भट्टाचार्यले भने, याचिका सुनवाई योग्यको छैन। उनले तर्क दिए, याचिकाकर्ता उत्तरपाड़ाका निवासी हुन् जसको रेड रोडसित कुनै प्रत्यक्ष सम्बन्ध छैन। उनले अदालतलाई बताए, पुलिसले पहिलाबाटै यातायातको लागि वैकल्पि मार्गको व्यवस्था गरेको छ।
राज्य सरकारले यो पनि भन्यो, प्रधानमन्त्रीको सुरक्षा गर्ने दायित्व विशेष सुरक्षा समूह (एसपीजी) सित हुन्छ र ब्रिगेड परेड ग्राउण्डमा कार्यक्रम आयोजना गरिए सुरक्षा सम्बन्धि जोखिम बढ़्नसक्छ। त्यसैले रेड रोजलाई आयोजन स्थलको रूपमा चयन गरिएको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा