बस र मालवाहक वाहन आपस्तमा ठोक्किएर दुर्घटनाग्रस्त, नौ जना यात्रीहरू घाइते
बस र मालवाहक वाहन आपस्तमा ठोक्किएर दुर्घटनाग्रस्त, नौ जना यात्रीहरू घाइते


सिलगढ़ी, 18 जून (हि.स.)। सिलगढ़ी-जलपाइगढ़ी राष्ट्रिय राजमार्गमा बिहीवार बिहान एउटा भयानक दुर्घटना भयो। फूलबाड़ीको बटतला ट्राफिक पोइन्टको छेउमा उत्तर बङ्गाल राज्य परिवहन निगम (एनबीएसटीसी) को एउटा यात्री बस र एउटा मालवाहक वाहन आपस्तमा ठोक्किएर दुर्घटनाग्रस्त भयो। यस दुर्घटनामा नौ जना यात्रीहरू घाइते भए जसमा दुई जना नानीहरू, दुई जना महिलाहरू तथा पाँच जना पुरूषहरू सामेल छन्।

जानकारी मुताबिक, अलिपुरदेखि सिलगढ़ी तर्फ जलपाइगढ़ीको बाटो भएर आइरहेको एनबीएसटीसीको बस फूलबाड़ी बटतला ट्राफिक पोइन्टमा पुगेपछि एउटा मालवाहक वाहनसित ठोक्कियो। बसमा त्यसताक लगभग 45 जना यात्रीहरू सवार थिए। ठक्करपछि बसभित्र कोकोहोलो मचियो। नौ जना यात्रीहरू घाइते भए। घटनाको सूचना पाउनसाथ फूलबाड़ी हाईवे ट्राफिक आउटपोस्ट र एनजेपी थानाको पुलिस घटनास्थलमा पुग्यो। पुलिसले राहत एवं बचाउ कार्य शुरू गर्दै घाइतेहरूलाई नजिकको निजी अस्पतालमा भर्ती गरायो जहाँ उनीहरूको उपचार भइरहेको छ। पुलिसले दुर्घटनाको कारण पत्तो लगाउन जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande