
गुवाहाटी, 18 जून, (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बिहीवार घोषणा गरे, आमरी (एसटी) हिल्स विधानसभा क्षेत्रका विधायक डा. हैबे टेरोनलाई असम विधानसभाका उपाध्यक्ष पदको लागि उम्मेदवार बनाइनेछ।
मुख्यमन्त्रीले सोशल मीडियामा आज जारी आफ्नो सन्देशमा भने, चिकित्सा पेशासित जोड़िएका डा. टेरोन नवगठित आमरी विधानसभा क्षेत्रबाट निर्वाचित भएका पहिलो जनप्रतिनिधि हुन्। उनले भने, डा. टेरोनले जनजातीय समुदायहरूको आकाङ्क्षालाई प्रतिनिधित्व गर्दछन् भने उनको उम्मेद्वारीबाट विधानसभाको कारबाहीमा कार्बी आङ्लोङ्ग र डिमा हसाओको आवाज अझ बढ़ी सशक्त हुनेछ।
मुख्यमन्त्रीले विश्वास व्यक्त गरे, डा. टेरोनको अनुभव तथा जनसेवाप्रति उनको प्रतिबद्धताबाट विधानसभाको लोकतान्त्रिक प्रक्रिया अझ मजबुत हुनको साथै जनजातीय क्षेत्रका मुद्दाहरूलाई प्रभावकारी ढङ्गमा उठाउनमा सहयोग मिल्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा