
गुवाहाटी, 18 जून (हि.स.)। महापुरुष श्रीमन्त शङ्करदेवको नववैष्णव संस्कृति औ आध्यात्मिक धरोहरलाई वैश्विक मञ्चमा प्रस्तुत गर्दै डा. पीताम्बरदेव गोस्वामीले लण्डनस्थित ब्रिटिश संसदमा एउटा विशेष व्याख्यान दिए। यस अवसरमा असमको समृद्ध सांस्कृतिक एवं धार्मिक परम्पराको व्यापक परिचय गराइयो। यस आशयको जानकारी नदी दीप माजुली जिल्लास्थित आवनी आटी सत्र (मठ) को सूत्रद्वारा गराइएको हो।
कार्यक्रममा शङ्करी कला, साहित्य, सङ्गीत औ सांस्कृतिक धरोहरलाई विभिन्न प्रस्तुतिहरूको माध्यमबाट प्रदर्शित गरियो। ब्रिटिश संसद भवनमा आयोजित यस आयोजनले असमको गौरवशाली सांस्कृतिक धरोहर औ महापुरुष शङ्करदेवको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने अवसर प्रदान गऱ्यो।
यस अवसरमा डेका सत्राधिकार देवानन्द देवगोस्वामी, डा. जयन्त विश्व शर्मा, आदित्य गोस्वामी सहित ठूलो सङ्ख्यामा प्रवासी भारतीय एवं असमिया समुदायका सदस्यहरू उपस्थित थिए।
आयोजकहरू अनुसार यो कार्यक्रम वैश्विक स्तरमा असमको सांस्कृतिक पहिचानलाई सुदृढ़ बनाउने तथा महापुरुष शङ्करदेवका शिक्षा अनि वैष्णव परम्पराप्रति जागरूकता बढ़ाउने दिशामा एउटा महत्वपूर्ण पहल साबित भयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा