दिनहाटामा पूर्व मन्त्री उदयन गुहामाथि फालियो अण्डा र जुत्ता
दिनहाटामा पूर्व मन्त्री उदयन गुहामाथि फालियो अण्डा र जुत्ता


कुचबिहार, 18 जून (हि.स.)। जिल्लाको दिनहाटामा बिहीवार एउटा अभूतपूर्व तथा तनाउपूर्ण स्थिति देख्न पाइयो जतिबेला तृणमूल कङ्ग्रेसका पूर्व मन्त्री उदयन गुहालाई थानादेखि बाहिर ल्याउँदा उग्र भीड़को सामना गर्नुपऱ्यो। भीड़ले उनीमाथि कुहिएको अण्डा र जुत्ता फाल्यो जसले गर्दा सम्पूर्ण क्षेत्रमा कोकोहोलो मचियो।

प्राप्त जानकारी अनुसार उदयन गुहालाई बुधवार कोलकाताको फूलबगानस्थित उनको आवासबाट कुचबिहार पुलिसले धोकाधड़ी तथा आपराधिक षड़यन्त्रको मामिलामा पक्राउ गरेको थियो। बिहीवार उनलाई सड़क मार्ग दिनहाटा थानामा लगियो। उनलाई पक्राउ गरिएको खबर फैलिनसाथ बिहानदेखिकै थाना बाहिर मानिसहरू भेला हुनथाले। स्थितिको गम्भीरलाई ध्यानमा राखेर पुलिसले पहिला नै सतर्कतास्वरूप थानाको गेट बन्द गरिदियो अनि लकअप अगाड़ि प्रिजन भ्यानलाई राखिदियो।

पूर्व मन्त्रीलाी सुरक्षित बाहिर निकाल्नको लागि पुलिसले उनलाई हेलमेट लगाइदियो, त्यसपछि कड़ा सुरक्षाबीच वाहनसम्म लिएर आयो। तर प्रिजन भ्यान थाना बाहिर निक्लिनसाथ भीड़ले चारैतिर अण्डा र जुत्ता फाल्न शुरू गऱ्यो। स्थिति यहाँसम्म पुग्यो कि पुलिसलाई नियन्त्रण गर्न ठूलो सङ्घर्ष गर्नुपऱ्यो। त्यसपछि क्षेत्रमा ठूलो सङ्ख्यामा केन्द्रिय बलका जवानहरूलाई तैनाथ गरियो। केन्द्रिय बलहरूको कड़ा सुरक्षाबीच पहिला उदयन गुहालाई दिनहाटा महकुमा अस्पतालमा लगियो। यो घटनापछि सम्पूर्ण दिनहाटा क्षेत्रमा राजनीतिक तनाउ चरममा छ। स्थितिमाथि प्रशासनले नजर राखिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande