जेईई परीक्षाको परिणाम घोषित, 97.74 प्रतिशत उम्मेदवार सफल, श्वाशत ब्यानर्जी भए टप्पर
जेईई परीक्षाको परिणाम घोषित, 97.74 प्रतिशत उम्मेदवार सफल, श्वाशत ब्यानर्जी भए टप्पर


कोलकाता, 18 जून (हि.स.)। पश्चिम बङ्गाल संयुक्त प्रवेश परीक्षा (डब्ल्यूबीजेईई) 2026 को परिणाम बिहीवार घोषित गरियो। संयुक्त प्रवेश परीक्षा बोर्डका अध्यक्ष गौतम भट्टाचार्य औ रजिस्ट्रर दिव्येन्दु करले परिणाम जारी गर्दै परीक्षासित सम्बन्धित विभिन्न आँकड़ा अनि मेधा सूचीबारे जानकारी दिए।

बोर्ड अनुसार, यस वर्ष मोठ 1,20,856 उम्मेद्वारहरूले पञ्जीकरण गराएका थिए जसमध्ये 94,901 परीक्षार्थीहरू परीक्षामा सामेल भए।्ये 67,378 पुरुष, 27,521 महिला र दुई जना तृतीय लिङ्गका उम्मेदवारहरू थिए।

परीक्षामा 92,753 उम्मेदवारहरूलाई सफल घोषित गरिएको छ जुन मोठ परीक्षार्थीहरूको 97.74 प्रतिशत हो। सफल उम्मेदवारहरूमा 66,383 पुरुष, 26,368 महिला तथा 2 तृतीय लिङ्गी सामेल छन्।

राज्यगत आँकड़ा अनुसार पश्चिम बङ्गालका 73,665 उम्मेदवारहरू सफल भएका छन् भने राज्य बाहिरका 19,088 उम्मेदवारहरूले परीक्षा उतीर्ण गरेका छन्।

संयुक्त प्रवेश परीक्षा बोर्डले बतायो, विभिन्न आरक्षण श्रेणी अन्तर्गत सीटहरूको आरक्षण पूर्व निर्धारित नियमानुसार रहनेछ। अनुसूचित जनजातिको लागि 6 प्रतिशत, अनुसूचित जातिको लागि 22 प्रतिशत, अन्य पछौटे वर्गको लागि 7 प्रतिशत, दिव्याङ्ग उम्मेदवारहरूको लागि 4 प्रतिशत तथा आर्थिक रूपमा कमजोर वर्गको लागि 10 प्रतिशत सीट आरक्षित रहनेछ।

मेधा सूचीका शीर्ष 10 उम्मेदवारहरूमा क्रमैले श्वाशत ब्यानर्जी (सल्टलेक, नालन्दा अकादमी, कोटा, राजस्थान), सौरिद्ध मण्डल (बिद्यानगर, विष्णुपुर, विवेकानन्द मिशन स्कूल, जोका), उमङ्ग भुट (रानीगञ्ज, पूर्व इन्टरनेशनल स्कूल, दुर्गापुर), राहुल कोनार (उत्तर 24 परगना, डीपीएस न्यूटाउन),

सरबान भट्टाचार्य (बिजपुर, गार्डन हाई स्कूल), अर्हा भट्टाचार्य (चन्द्रकोना, चन्द्रकोना जिराट हाई स्कूल), सृजन सूर (शिवपुर, हावड़ा), मनीष सेनापति (कोतवाली, मेदिनीपुर), सब्यसाची लस्कर (सोनारपुर, बीडीएम इन्टरनेशनल स्कूल) तथा देवजीत पाल (बालीगञ्ज, साउथ पोइन्ट स्कूल) सामेल छन्।

यस वर्षको मेधा सूचीमा सबै शीर्ष दश स्थानमा पुरूष उम्मेदवारहरूले आफ्नो स्थान ओगटेका छन्। परीक्षाको परिणाम घोषणा भएपछि अब सफल उम्मेद्वारहरू इञ्जीनियरिङ्ग, प्रौद्योगिकी, वास्तुकला औ फार्मेसी पाठ्यक्रममा प्रवेशको लागि काउन्सिलिङ्ग प्रक्रियामा भाग लिन सक्नेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande