
गुवाहाटी, 18 जून (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भने, गुवाहाटीको नीलांचल पर्वतमा अवस्थित माँ कामाख्या धाम विश्वभरिका श्रद्धालुहरूको विशाल समागमको साथमा इतिहास रच्नको लागि तयार छ।
मुख्यमन्त्रीले सोशल मीडियाको आफ्नो आधिकारिक ह्याण्डलमा जारी एक सन्देशमा भने, अम्बुबासी मेलामा देश-विदेशबाट आउने श्रद्धालहरूको स्वागतको लागि उन्नत आधारभूत सरंचना तथा विश्वस्तरीय सुविधाहरू उपलब्ध गराइएको छ। उनले बताए, यस वर्षको मेलामा आठ लाखभन्दा अधिक श्रद्धालुहरू आउने सम्भावना छ।
मुख्यमन्त्रीले भने, श्रद्धालुहरूको यो ठूलो सङ्ख्याले असमको आध्यात्मिक चेतना र सांस्कृतिक गौरवलाई नयाँ उचाईँ प्रदान गर्नेछ। अम्बुबासी मेला धार्मिक आस्थाको केन्द्र मात्र होइन, राज्यको समृद्ध सांस्कृतिक धरोहरको प्रतीक पनि हो।
डा. सरमाले असमवासीहरूको पक्षबाट माँ कामाख्याका सबै भक्तहरूलाई हार्दिक स्वागत गर्दै उनीहरूलाई यस पावन आध्यात्मिक आयोजनको अङ्ग बन्नका लागि आमन्त्रित गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा