क्यूएस वर्ल्ड यूनिभर्सिटी ऱ्याकिङ्गः डीयूले वैश्विक स्तरमा 322औं स्थान प्राप्त गऱ्यो
क्यूएस वर्ल्ड यूनिभर्सिटी ऱ्याकिङ्गः डीयूले वैश्विक स्तरमा 322औं स्थान प्राप्त गऱ्यो


नयाँ दिल्ली, 18 जून (हि.स.)। दिल्ली विश्वविद्यालय (डीयू) ले क्यूएस वर्ल्ड यूनिभर्सिटी ऱ्याकिङ्ग 2027 मा आफ्नो स्थिति पहिलाभन्दा धेरै राम्रो बनाएको छ। यस सम्बन्धमा जानकारी गराउँदै डीयू कुलपति प्रो. योगेश सिंहले बताए, यसपालि डीयूले वैश्विक स्तरमा 322औं ग्लोबल ऱ्याङ्क हासिल गरेको छ भने पछिल्लो वर्षको ऱ्याङ्किङ्गमा डीयू 328औं स्थानमा थियो।

कुलपतिले बताए, भारतीय विश्वविद्यालयहरूमा डीयू पहिलो स्थानमा छ भने देशका सबै उच्च शिक्षा संस्थानहरूमा डीयू 17 औं स्थानमा रहेको छ। यसबाट देशका प्रमुख उच्च शिक्षा संंस्थानहरूमध्ये डीयूको स्थान अझ मजबुत भएको छ।

उनले भने, क्यूएस वर्ल्ड यूनिभर्सिटी ऱ्याङ्किङ्ग्सको ताजा संस्करणमा दुनियाँभरिका 8,808 संस्थानहरूको मूल्याङ्कन गरिएको छ जसमा 106 वटा देश तथा क्षेत्रका 1,504 विश्वविद्यालयहरूलाई ऱ्याङ्किङ्गमा स्थान प्राप्त भएको छ।

योगेश सिंहले बताए, यस ऱ्याङ्किङ्गमा सामेल गरिएका 52 वटा भारतीय संस्थानहरूमा दिल्ली विश्वविद्यालयले राष्ट्रिय औ वैश्विक दुवै स्तरमा आफ्नो स्थिति मजबुत बनाएको छ।

डीयू कुलपति प्रो. योगेश सिंहले भने, क्यूएस वर्ल्ड यूनिभर्सिटी ऱ्याङ्किङग 2027 मा यो सुधार हाम्रा फ्याकल्टी सदस्यहरू, विद्यार्थीहरू, रिसर्चर्स, स्टाफ, पूर्व विद्यार्थी एवं विश्वविद्यालयसित सम्बन्धित सबै मानिसहरूको लगन र सामूहिक प्रयासको परिणाम हो।

उनले भने, ग्लोबल स्तरमा डीयूको बढ़्दो पहिचान औ भारतका प्रमुख विश्वविद्यालयहरूमा डीयूको स्थानले एकेडमिक इकोसिस्टमको मजबुती तथा टीचिङ्ग, रिसर्च, इनोभेशन, सस्टेनेबिलिटी औ सामाजिक जुड़ाउमा गुणस्तरीय काम गर्नै सङ्कल्पलाई देखाउँछ। उनले भने, डीयूले आगामी दिनमा पनि गुणस्तर, प्रभाव तथा ग्लोबल पहिचानलाई अझ श्रेष्ठ बनाउनेमाथि ध्यान दिरहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande