सिलगढ़ीमा ऱ्याफको योग शिविर तथा जागरूकता ऱ्याली आयोजित
सिलगढ़ीमा ऱ्याफको योग शिविर तथा जागरूकता ऱ्याली आयोजित


सिलगढ़ी, 18 जून (हि.स.)। अन्तर्राष्ट्रिय योग दिवसपूर्व बिहिवार सिलगढ़ीको डाबग्राम-फूलबाड़ी क्षेत्रमा ऱ्यापिड एक्शन फोर्स (ऱ्याफ) बटालियनद्वारा योग शिविर तथा जागरूकता कार्यक्रम आयोजना गरियो। कार्यक्रममा आरएएफ तथा राज्य पुलिसका केही अधिकारीहरू तथा जवानहरूले भाग लिए। आरएएफका बटालियन कमाण्डिङ्ग अफिसर वाङ्गडेन भोटिया, केही असिस्टेन्ट कमाण्डेन्टस्, रिजर्भ इन्स्पेक्टर सहित राज्य पुलिसका विभिन्न यूनिटहरूका अधिकारीहरू उपस्थित थिए। योग शिविरमा आरएएफ र पुलिस कर्मीहरूले सक्रिय रूपमा भाग लिएर योगाभ्यास गरे। यसको साथै योगप्रति मानिसहरूलाई जागरूक गराउने उद्देश्यले क्षेत्रमा एउटा ऱ्याली पनि निकालियो।

यस जागरूकता कार्यक्रमको शुरुआत कमाण्डिङ्ग अफिसर वाङ्गडेन भोटियाले गरे। भोटियाले बताए, बटालियनको अनुशासनात्मक जीवनशैलीसितै योगाभ्यासले जवानहरूको शारीरिक एवं मानसिक स्वास्थ्यलाई उत्तम राख्नमा महत्वपूर्ण भूमिका निभाउँछ। उनले यो पनि स्मरण गराए, भारत सरकारले वर्ष 2014-मा विश्वस्तरमा योगको महत्वलाई प्रस्तुत गरेका थिए जसको फलस्वरूप वर्ष 2015-देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउँदै आएको छ। उनले नयाँ पिँढ़ीमाझ योगको महत्वलाई प्रेरित गर्नेमाथि बल दिँदै भने, योग शरीरलाई स्वस्थ राख्ने माध्यम मात्र नभएर यो भारतीय संस्कृतिको एक महत्वपूर्ण अङ्ग पनि हो। नियमित योगाभ्यासबाट शारीरिक क्षमतासँगसँगै मानिसिक विकास पनि सम्भव हुन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande