हुगली नदीमा 'बवण्डर' आएपछि स्थानीय मानिसहरूमा व्यापक खैलाबैला
हुगली नदीमा 'बवण्डर' आएपछि स्थानीय मानिसहरूमा व्यापक खैलाबैला


कोलकाता, 18 जून (हि.स.)। दक्षिण 24 परगनाको सागर आइल्याण्डमा एउटा अनौथो प्राकृतिक घटना देखेर स्थानीय मानिसहरूमा कोकोहोलो मचियो।

सूत्र अनुसार सागर आइल्याण्डको महिषामारी क्षेत्रमा बिहीवार बिहान लगभग 11:30 बजे स्थानीय मानिसहरूले हुगली नदीमा एकसाथ दुई पटक बवण्डर आएको देखियो। नदीको तलबाट द्रूत गतिमा आकाशतिर पानी घुम्दै गएको दृश्यले सम्पूर्ण क्षेत्रमा कोकोलो मचायो। यस आकस्मिक घटनाबाट स्थानीय मानिसहरू, मछुआरा तथा नदीमा नौका चलाउनेहरूमा भय व्याप्त भयो।

स्थानीय निवासी सजल मण्डलले बताए, पहिला नदीको बीचमा पानी अचाक माथितिर उठेर घुम्न थाल्यो। केही मिनटमा यो घुमाउ तीव्र भयो अनि पानीले एउटा कोलमको रूप लियो। आश्चर्यको कुरा के हो भने त्यसको केही टाड़ा फेरि अर्को पानीको घुम्दै गरेको कोलम विकसित भयो। टरनेडोको जोड़ी जस्तै यो अनौठो दृश्य देखेर मानिसहरू आफ्नो फोनमा भीडियो बनाउन थाले। कतिपय मानिसहरू डरले सुरक्षित ठाउँ खोज्न थाले।

स्थानीय मछुआराहरूले भने, उनीहरूले यस्तो दृश्य धेरै कम देखेका छन्। निमाई दास नामक एकजना मछुआराले भने, नदीमा पानी अचानक धेरै माथिसम्म बढ़्नथाल्यो। हावाको गति पनि एकैचोटि बढ़्यो। स्थितिको गम्भीरतालाई बुझेर नदीमा रहेका नौका तथा माछा समात्ने ट्रलरलाई हतार-हतार सुरक्षित ठाउँमा लगियो। केही ट्रलरहरू नदीको बीचबाट घाटमा फर्केर आए।

डायमण्ड हार्बर विमेन्स यूनिभर्सिटीमा ज्योग्राफीका प्रोफेसर डा. सुजीत मण्डलले भने, गर्मीमा समुद्र अनि नदिहरूको वरिपरीका क्षेत्रहरूमा पानीको बाफ, तापमानमा अन्तर तथा हावाको गतिमा परिवर्तन आउने कारणले कहिले-कहिले यस्तो वाटर कोलम वा वाटरस्पाउट बन्नसक्छ। तथापि सर्वसाधारण भाषामा यसलाई टरनेडो भनिन्छ। यस्ता घटनाहरू कमै मात्रामा हुन्छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande