कन्सर्न फर कलकत्ताले मन्त्री अग्निमित्रा पाललाई 'स्वच्छ बङ्गाल' अभियानमा सहयोग गर्ने प्रस्ताव राख्यो
कन्सर्न फर कलकत्ताले मन्त्री अग्निमित्रा पाललाई 'स्वच्छ बङ्गाल' अभियानमा सहयोग गर्ने प्रस्ताव राख्यो


कोलकाता, 18 जून (हि.स.)। कोलकातास्थित असरकारी सङ्गठन 'कन्सर्न फर कलकत्ताले' पश्चिम बङ्गाल सरकारद्वारा सञ्चालित स्वच्छता अभियानमा सहयोग गर्ने प्रस्ताव राखेको छ। संस्थाका अध्यक्ष नारायण जैनले शनिवार ताज बङ्गालमा जल संरक्षणमाथि आयोजित एक कार्यक्रममा पश्चिम बङ्गाल सरकारकी शहरी विकास तथा नगरपालिका मामिलाकी मन्त्री अग्निमित्रा पालसित भेट गरे। यस भेटमा जैनले प्लास्टिक क्यारी ब्यागको प्रयोगमाथि रोक लगाउने तथा जुटको ब्यागको प्रयोगलाई प्रेरित गर्नको लागि जागरूकता फैलाउनमा मद्दत गर्ने प्रस्ताव राखे।

नारायण जैनले 'स्वच्छ बङ्गाल' औ 'स्वच्छ भारत' अभियान अन्तर्गत शहरलाई सफा राख्नको लागि भवानीपुर अनि आसनसोलका मानिसहरूको लागि डस्टबिन उपलब्ध गराउने प्रस्ताव पनि राखे।

अर्कोतिर भारत सरकारका जल शक्ति मन्त्री सीआर पाटिलले मर्चेन्ट्स च्याम्बर अफ कमर्सद्वारा आयोजित एक इन्टऱ्याक्टिभ सेशनमा मानिसिहरूसित पानी बचाउने अपील गरे। यस सेशनको अध्यक्षता च्याम्बरकी प्रेसिडेन्ट प्रीति सुरेकाले गरेकी थिइन्। च्याम्बरका सीनियर भाइस प्रेसिडेन्ट मुनीश झाझरियाले धन्यवाद प्रस्ताव पेश गरे। यस अवसरमा 'कन्सर्न फर कलकत्ता' -का पूर्व अध्यक्ष राजेन्द्र खण्डेलवाल पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande