
खड़गपुर, 18 जून (हि.स.)। भारतीय प्रौद्योगिकी संस्थान (आईआईटी) खड़गपुरले विद्यार्थी, शिक्षक औ कर्मचारीहरूको समग्र कल्याण तथा मानसिक सन्तुलनलाई प्रेरित गर्ने उद्देश्यले बिहीवार आर्ट अफ लिभिङ्ग नामक संस्थासित एक सम्झौता ज्ञापनमा हस्ताक्षर गरेको छ। यस पहलको उद्देश्य शैक्षणिक उत्कृष्टताको साथमा व्यक्तिगत औ मानसिक स्वास्थ्यलाई पनि समान महत्व दिनु हो।
संस्थान अनुसार यस सहयोग अन्तर्गत योग, ध्यान, मन प्रबन्धन औ जीवन कौशल आधारित कार्यक्रमहरूको माध्यमबाट परिसरमा सकारात्मक एवं सन्तुलित वातावरण तयार गरिनेछ। यो पहल राष्ट्रिय शिक्षा नीति-2020 को समग्र एवं बहुविषयक शिक्षाको अवधारणा अनुरूप छ।
सम्झौता अन्तर्गत विद्यार्थीहरूको लागि ‘मन प्रबन्धन एवं जीवन कौशल’ कार्यक्रम तथा शिक्षक अनि कर्मचारीहरूको लागि सङ्काय विकास कार्यक्रम आयोजना गरिनेछ। यस अतिरिक्त सहज समाधि ध्यान, आनन्द कार्यक्रम, उन्नत ध्यान कार्यक्रम, गहिरो निन्द, चिन्ता निवारण एवं योग आधारित गतिविधिहरू पनि आयोजना गरिनेछ।
सम्झौता ज्ञापनमा आईआईटी खड़गपुरका निदेशक प्राे. सुमन चक्रवर्ती र आर्ट अफ लिभिङ्गका संस्थागत कार्यक्रम निदेशक राजीव नाम्बियारले हस्ताक्षर गरे। यस अवधि छात्र कल्याण अधिष्ठाता प्रोफेसर अरुण चक्रवर्ती, भारतीय ज्ञान प्रणाली उत्कृष्टता केन्द्रकी प्राध्यापक प्रोफेसर ऋचा चोपड़ा तथा निदेशक कार्यालयका प्रमुख अभ्रजीत साहा पनि उपस्थित थिए।
यस अवसरमा प्रोफेसर सुमन चक्रवर्तीले भने, वैज्ञानिक दृष्टिकोण र मानवीय मूल्यहरूबीच सन्तुलन स्थापना गर्नु समयको आवश्यकता हो। उनले भने, विद्यार्थी अनि शिक्षकहरूलाई आत्म-जागरूकता, तनाउ प्रबन्धन तथा आन्तरिक सन्तुलन जस्ता प्रभावकारी साधनहरूबाट सशक्त बनाउनु भविष्यका उत्तरदायी नागरिक एवं नेतृत्वहरूको निर्माणको दिशामा महत्वपूर्ण कदम हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा