
सिलगढ़ी, 18 जून (हि.स.)। सिलगढ़ी महकुमाको खोरीबाड़ी क्षेत्रमा चट्याङ्गको चपेटमा परेर एकजना महिलाको मृत्यु भयो। मृतकाको पहिचान गीता रायको रूपमा भएको छ। घटनापछि सम्पूर्ण क्षेत्रमा शोक व्याप्त भएको छ।
प्राप्त जानकारी अनुसार, यो घटना खोरीबाड़ीको गौरीजोत क्षेत्रमा गए बुधवार राती भएको छ। बताइएको छ, गीता रायले आफ्नो घरमा काम गरिरहेकी थिइन्। यसै अवधि तीव्र आवाजसितै हानेको चट्याङ्गले गर्दा तिनी घटनास्थलमै अचेत भएर मुर्छित परिन्।
घटनापछि परिवारका सदस्यहरूले तिनलाई तत्कालै नजिकैको अस्पतालमा पुऱ्याए जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। घटनाको सूचना पाउनसाथ खोरीबाड़ी थानाको पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा पठाइदियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा