मेसी कार्यक्रम मामिलामा हाई कोर्टले निर्देश दिएपछि अन्ततः थानामा पेश भए अरूप विश्वास
मेसी कार्यक्रम मामिलामा हाई कोर्टले निर्देश दिएपछि अन्ततः थानामा पेश भए अरूप विश्वास


कोलकाता, 18 जून (हि.स.)। बहुचर्चित मेसी कार्यक्रम मामिलामा तीन पटकसम्म पुलिसको नोटिसलाई बेवास्ता गरेपछि अन्ततः पूर्व खेल मन्त्री अरूप विश्वास बिहीवार बिधाननगर दक्षिण थानामा जाँचबुझको लागि उपस्थित भए। उनी बिहान लगभग 9:55 बजी थानामा पुगे।

यस मामिलामा पुलिसद्वारा लगातार नोटिस पठाइएको भए पनि अरूप विश्वास जाँचबुझको लागि उपस्थित भइरहेका थिएनन्, जसले गर्दा मामिला कलकत्ता उच्च अदातलतसम्म पुगेको थियो। अदालतले स्पष्ट निर्देश दिएको थियो, उनले पुलिस जाँचमा सहयोग गर्नुपर्छ अनि निर्धारित तिथिमा उपस्थित हुनु अनिवार्य छ।

स्मरण गराइन्छ, 13 दिसम्बर, 2025-मा कोलकाताको युवा भारती क्रीड़ाङ्गनमा आयोजित लियोनेल मेसीको कार्यक्रममा भएको अव्यवस्था पश्चात कार्यक्रमका प्रमुख आयोजकहरूमा सामेल सतद्रु दत्तलाई पक्राउ गरिएको थियो। त्यसताक तत्कालीन खेल मन्त्री अरूप विश्वासको भूमिकालाई लिएर धेरै प्रश्न उठेका थिए, तर त्यस दिशामा कुनै ठूलो कारबाही भएको थिएन।

पश्चिम बङ्गालमा गत चार मईमा राजनीतिक परिवर्तन भएपछि यस मामिलाले नयाँ मोड़ लियो। मेसी कार्यक्रम प्रकरणमा 38 दिनसम्म जेलमा थुनिएका शतद्रु दत्तले बिधाननगर दक्षिण थानामा अरूप विश्वास विरूद्ध सिकायत दर्ता गराए। सिकायतमा उनीमाथि करोड़ौं रुपियाँको वित्तीय अनियमितता तथा पदको दुरूपयोग गरेको आरोप लगाइयो।

सिकायत दर्ता भएपछि पुलिसले अरूप विश्वासलाई जाँचबुझको लागि कैयौं पटक नोटिस पठाइसकेको भए पनि अहिलेसम्म विभिन्न कारणहरूलई देखाएर उपस्थित हुनदेखि बच्दै आएका थिए। त्यसपछि ममिला कलकत्ता उच्च न्यायालयमा पुग्यो। न्यायालयको आदेशमा अन्ततः उनलाई जाँचबुझको लागि पेश हुनैपऱ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande